लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

अशाेज २४,२०८२ / जेसी नेपाल संवाददाता

पर्सा जिल्लाको वीरगंज–१५ स्थित साउथ सिटी हिमाल अस्पतालमा उपचारका क्रममा रौतहटकी एक गर्भवती महिला र उनको शिशुको मृत्यु भएको छ । मृतकका परिवारजनले अस्पताल र चिकित्सकमाथि गम्भीर लापरवाहीको आरोप लगाएका छन् ।

मृतक दुर्गा भगवती गाउँपालिका–५, रौतहटकी रुबी खातुन हुन्। परिवारका अनुसार, उनलाई सामान्य प्रसूति पीडासहित अस्पताल लगिएको थियो, तर उपचारको क्रममा अत्यधिक रक्तश्राव भएपछि ज्यान गएको हो । “हामीले छोरीलाई ठिक सँग हस्पिटल ल्याएका थियौं, तर सुत्केरी भएपछि अत्यधिक रगत बग्यो। डाक्टरले समयमै उपचार गरेनन्, त्यसैले उनको मृत्यु भयो ।” पीडित पक्षले अस्पताल प्रशासन र डा. प्रीति यादवमाथि लापरवाहीको आरोप लगाउँदै निष्पक्ष छानबिनको माग गरेका छन्।

उनीहरूका अनुसार, घटनापछि अस्पताल प्रशासनले प्रहरीको सहयोगमा जबर्जस्ती कागजमा हस्ताक्षर गराउन खोजेको थियो, ताकि अस्पतालमाथिको दोष हटोस् । “हामीलाई दबाब दिएर कागजमा हस्ताक्षर गर्न लगाउन खोजियो। हाम्रो छोरीको मृत्यु भयो, तर उल्टै हामीलाई चुप गराउन खोजिएको छ,” मृतकका आफन्तले बताए । स्थानीय स्रोतका अनुसार, बिरगंजस्थित नारायणी अस्पतालमा कार्यरत केही चिकित्सकहरू निजी अस्पतालहरूसँग पनि आवद्ध छन्। ती चिकित्सकहरूले सरकारी अस्पतालमा उपचारका लागि आएका सुत्केरी बिरामीहरूलाई साउथ सिटी, श्रीराम, लगायतका निजी अस्पतालमा पठाउने गरेको आरोप स्थानीय सञ्चारकर्मीहरूले लगाएका छन् ।

उनीहरूले भनिरहेका छन् कि यस्तो रेफर प्रणाली “दलाली र मुनाफाखोरी”को जालोमा परिणत भएको छ — जसले बिरामीहरूको जीवनमाथि खेलवाड गरिरहेको छ । “नारायणी अस्पतालका केही डाक्टरले बिरामीलाई आफ्नो निजी अस्पतालमा पठाउँछन्। त्यहाँ अनावश्यक अपरेसन गरेर लाखौँ रुपैयाँ असुल्ने प्रचलन छ,” एक स्थानीय पत्रकारले बताए । रुबी खातुनको मृत्यु पछि उनका आफन्त र स्थानीय बासिन्दाहरूले अस्पताल अगाडि आक्रोश व्यक्त गर्दै दोषी चिकित्सक र प्रशासनलाई कारबाही गर्न माग गरेका छन् । पीडित परिवारले स्वास्थ्य सेवा विभाग, नेपाल चिकित्सक परिषद् र जिल्ला प्रशासन कार्यालयलाई घटनाको निष्पक्ष छानबिन गर्न र “गैरजिम्मेवार चिकित्सकहरूलाई कानूनी दायरामा ल्याउन” आग्रह गरेका छन्। स्वास्थ्य विज्ञहरू भन्छन्, “यदि निजी अस्पतालमा नियमन सुदृढ, पारदर्शी र उत्तरदायी प्रणाली हुन्थ्यो भने यस्ता घटना न्यून हुने थिए ।”

रुबी खातुन र उनको शिशुको मृत्यु केवल व्यक्तिगत दुर्घटना होइन, यो व्यवस्थागत कमजोरीको संकेत हो । जबसम्म स्वास्थ्य नियमनकारी निकायहरूले यस्ता घटनामा छानबिन र दण्डको संस्कृति विकास गर्दैनन्, तबसम्म “लापरवाहीका कारण हुने मृत्युहरू” दोहोरिनै रहन्छन् । आमा र बच्चा दुवैको ज्यान गएपछि मृतक परिवारले अस्पताल मै शव राखेर दोषीमाथि कारबाहीको माग गरेका छन् । गाइनो विभाग प्रमुख डाक्टर प्रीति यादवले उक्त महिलाको यस अघी दुइटा बच्चा नर्मल भएको थियो ।

यस पटक पनि नर्मल डेलिभरी गराउने प्रयास गरेको कुनै लापरबाही नगरेको प्रतिक्रिया दिएकि छिन् । महिलाको आन्तरिक रोगका कारण पनि यस्तो बेला ज्यान जाने जोखिम रहेको र अस्पतालको डाक्टरले दुवैलाई बचाउन धेरै प्रयास गरेको तर सम्भव नभएको उनको भनाइ छ ।

प्रकाशित : अशाेज २४,२०८२         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA

धनुषा नापी कार्यालयले पनि अपनाए डिजिटल प्रविधि , नक्साको लागि “मेरो कित्ता” प्रणालीमार्फत घरमै बसेर नक्सा लिन सक्ने : JCNEPAL MEDIA

दलका नेताको अनुपस्थितिमै बस्यो रास्वपा संसदीय दल बैठक : JCNEPAL MEDIA

जनकपुरको ब्लैक एण्ड ह्वाईट डान्सबारमा यौन कार्य गर्न न´मान्दा युवतीलाई निर्घात कुटे, दुई जना पक्राउ : JCNEPAL MEDIA

आयल निगमको महेन्द्रनगर डीपोमा हाकिम रंजित कापडी पम्पसँग घुस लिएर पेट्रोलियममा अनियमिमता गर्दै : JCNEPAL MEDIA