जिल्ला अदालत धनुषाले जारी गर्‍यो सात जनामाथि पक्राउ पुर्जी : JCNEPAL MEDIA

कार्तिक ०२,२०८२ / जेसी नेपाल संवाददाता

धनुषा जिल्ला अदालतले ज्यान मार्ने उद्योग मुद्दामा संलग्न सात जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। क्षीरेश्वरनाथ नगरपालिकाका सुशीलकुमार चौधरीको जाहेरीका आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको हो।

पक्राउ पुर्जीमा नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पजियारको नाम पनि उल्लेख छ। जनकपुरधाम जिल्ला अदालत धनुषाले ज्यान मार्ने उद्योग मुद्दामा संलग्न सात जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

आइतबार अदालतले क्षीरेश्वरनाथ नगरपालिका–५ का सुशीलकुमार चौधरीको जाहेरीका आधारमा क्षीरेश्वरनाथ नगरपालिका–१ रमदैया गाउँका उमेश यादव, वडा नम्बर ५ का योगेन्द्र पजियार, जिवछ मण्डल, नीरज मण्डल र कमल मण्डल धानुकसहित सात जनामाथि पक्राउ पुर्जी जारी गरेको हो ।

उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग (हत्या प्रयास) मुद्दा दर्ता भएको र अदालतको आदेशअनुसार प्रहरीले आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने तयारी गरेको स्रोतले जनाएको छ ।

पक्राउ पुर्जीमा उल्लेख रहेका योगेन्द्र पजियार नेपाली कांग्रेस धनुषाका सभापति समेत हुन् ।

प्रकाशित : कार्तिक ०२,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA