आपसी दुश्मनीले सिरहाको एक पोखरीमा प्वाइजन हालेपछि लाखौँको माछा भए नस्ट , ठेकेदारलाई भए उठीवास : JCNEPAL MEDIA

कार्तिक १४,२०८२ / जेसी नेपाल संवाददाता

छठ पर्वकै दिन एक पोखरीमा अज्ञात व्यक्तिले विष हाल्दा लाखौँको माछा मरेर नष्ट भएको छ । सिरहाको सिरहा नगरपालिका वडा नम्बर १५ माडर स्थित काली मन्दिर सार्वजनिक पोखरीमा विष हालेर करीब २५ क्विंटल माछा नष्ट गरिदिएका छन्। यस घटनाले स्थानीय समुदाय र माछा पालन व्यवसायीहरूमा तीव्र आक्रोश फैलिएको छ। उक्त पोखरी सिरहा नगरपालिका वडा नम्बर १५ का दिलीप कुमार सहनीले ठेक्कामा लिएर माछा पालन गर्दै आएका थिए।

पत्रकार समेत रहेका सहनीसँग समाचारको लागि व्यक्तिगत दुश्मनीको बदला लिएको बुझिएको छ । नगरपालिका सँग माछा पालनका लागि भएको औपचारिक सम्झौता अनुसार सहनीले ठेक्का शुल्क बुझाएर पोखरीमा व्यवस्थित रूपमा माछा उत्पादन गर्दै आएका थिए। तर, छठ पर्वकै दिन बिहान सबेरै छठ घाट सरसफाईको मौका छोपी अज्ञात व्यक्तिले पोखरीमा विष हालिदिएपछि सबै माछा मरेका हुन्। सहनीका अनुसार, “पोखरीमा साढे दुई टनभन्दा बढी माछा थिए, जसको बजार मूल्य करिब रु। ७ लाख ५० हजार रुपैयाँ पर्थ्यो। तर, विषका कारण पूरै नष्ट भयो। यस्तो क्रूर कार्य धार्मिक पर्वकै अवसरमा हुनु निकै दुःखद र आपत्तिजनक छ,” उनले बताए। घटनापछि स्थानीय बासिन्दाहरूले कडा विरोध जनाएका छन्।

उनीहरूले छठ पर्वको पवित्रता र सामाजिक सद्भावमा चोट पुर्‍याउने गरी गरिएको यस कार्यको गम्भीर छानबिन र दोषीलाई कठोर कारबाहीको माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले भने, “यो अत्यन्तै निन्दनीय कार्य हो। विष प्रयोग गर्ने व्यक्ति वा समूहको पहिचान गरी कानुनी कारबाही अघि बढाइनेछ।” स्थानीय नागरिकहरूले पनि यस घटनालाई धार्मिक सहिष्णुता र सामुदायिक सद्भावमाथिको आक्रमणको रूपमा लिएका छन्। माछा पालन व्यवसायमा लागेको युवा वर्गलाई यस घटनाले ठूलो मनोवैज्ञानिक र आर्थिक आघात पुर्‍याएको बताइएको छ। “छठजस्तो पवित्र पर्वमा यस्तो अपराध हुनु हाम्रो संस्कृतिमाथिको अपमान हो।

तत्काल दोषी पत्ता लगाएर कडा सजाय दिनुपर्छ।” उक्त घटनाले धार्मिक पर्वमा देखिएको अराजकता र असुरक्षाको गम्भीर चित्र कोरेको छ। अब सम्बन्धित निकायले तत्काल अनुसन्धान गरी दोषीलाई कानुनको कठघरामा उभ्याउने अपेक्षा जनाइएको छ।

प्रकाशित : कार्तिक १४,२०८२             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA