कारागारबाट भागेर प्रहरीको क्यामेरा, बाइक चोरी गर्ने एक जना पक्राउ : कास्की JCNEPAL MEDIA

कार्तिक १४,२०८२ / जेसी नेपाल संवाददाता

कास्की जिल्ला कारागारबाट भागेर क्यामेरा र मोटरसाइकल चोर्ने एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। जेन-जी आन्दोलनका क्रममा जिल्ला कारागारबाट भागेका पोखरा महानगर– ७ घारीपाटन बस्ने विवश जलारीलाई पक्राउ गरेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार उनलाई वडा प्रहरी कार्यालय वैदाम लेकसाइडबाट चोरी गरेको क्याननको सोको क्यामेरा र नम्बर प्लेट नभएको पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको हो। ती सामान बरामद गरेको उनले बताए। भदौ २४ गते प्रदर्शनकारीले वडा प्रहरी कार्यालय बैदाममा पनि तोडफोड, आगजनी र लुटपाट गरेका थिए।

सोही क्रममा कारागारबाट भागेर जलारीले प्रहरी कार्यालयमा आक्रमण गरी क्यामेरा र मोटरसाइकल चोरी गरेको डिएसपी बस्नेतको भनाइ छ। जलारीलाई शुक्रबार जिल्ला अदालत कास्कीबाट अपराधिक उपद्रव कसुरमा अनुसन्धान ६ दिन म्याद थप गरिएको छ। उनी हत्या मुद्दामा कारागार चलान भएका थिए ।

प्रकाशित : कार्तिक १४,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA