लोसपाको पूर्व सांसद शाह र जिल्ला अध्यक्ष झा धरौटीमा रिहा : मधेस प्रदेश JCNEPAL MEDIA

मंशिर ०२,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : मधेस प्रदेश प्रमुखको कार्यालयमा कार्यरत २४ वर्षीय नासु पंकज यादव र ५७ वर्षीय कार्यालय सहयोगी शिवलाल महरामाथि भएको हातपात प्रकरणमा दर्ता भएको मुद्दामा लोसपा मधेसका पूर्व प्रदेश सांसद परमेश्वर शाह र धनुषा जिल्ला अध्यक्ष जितेन्द्र झा धरौटीमा रिहा भएका छन्।

जिल्ला प्रशासन कार्यालय ,धनुषाले दुवै जनालाई रु १–१ हजार धरौटीमा छोडेर घर पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी गणेश बमले जानकारी दिए।

डिएसपी बमका अनुसार, मुद्दा अभद्र व्यवहारसम्बन्धी रहेकाले कानुनी प्रक्रिया भने यथावत् रहनेछ। प्रारम्भिक अनुसन्धानपछि आवश्यक कानुनी निर्णय लिएर उनीहरूलाई धरौटीमा रिहा गरिएको छ।

प्रकाशित : मंशिर ०२,२०८२           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA