वाडा अध्यक्ष विन्देशवर यादवलाई गाेलि प्रहार गरि फरार प्रहरी शम्भु यादवलाई पक्राउ गर्ने साहसी प्रहरी रामबाबु यादव : JCNEPAL MEDIA

मंशिर ०३,२०८२ / जेसी नेपाल संवाददाता

धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष बिन्देश्वर यादवमाथि मिति २०८२ कार्तिक २८ गते साँझ ५ बजे भएको गोली प्रहार प्रकरणमा फरार रहेका आरोपी प्रहरी सहायक हवल्दार शम्भु कुमार यादवलाई पक्राउ गरिएको छ।

इलाका प्रहरी कार्यालय यज्ञभूमि, धनुषामा कार्यरत प्रहरी सहायक हवल्दार रामबाबु यादवले धारापानी इलाका अगाडिको नियमित चेकजाँचका क्रममा एक एम्बुलेन्सबाट उनलाई नियन्त्रणमा लिन सफल भएका हुन्। घटना भएको स्थानबाटै फरार रहेका शम्भु कुमार यादवलाई खोजीकार्य चुनौतीपूर्ण रहेको बताइँदै आएको थियो।

स्थानीयवासीहरूका अनुसार, एक प्रहरी सहायक हवल्दारले आफ्नै सहकर्मीलाई पक्राउ गर्नु ठूलो साहस र कर्तव्यनिष्ठाको परिचय हो। गोलीकाण्डपछि तनावमा रहेको क्षेत्र प्रहरीको सक्रियता र छिटो प्रतिक्रिया कारण अहिले सामान्य अवस्थामा फर्किएको जनाइएको छ। प्रहरी स्रोतका अनुसार, पक्राउ परेका आरोपीलाई आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ। मधेशका जनताबीच अहिले रामबाबु यादवको सतर्कता, इमानदारी र कार्यक्षमताको व्यापक चर्चा भइरहेको छ।

प्रकाशित : मंशिर ०३,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पर्सामा रास्वपा भित्रको आन्तरिक विवाद चर्कियाे, अधिवेशन स्थगित गर्न माग : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA