जनकपुरमा यूपिआर समीक्षा र बालविवाह नियन्त्रणसम्बन्धी प्रदेशस्तरीय गोष्ठी सम्पन्न : JCNEPAL MEDIA

मंशिर १२,२०८२ / जेसी नेपाल संवाददाता

भागचरण यादव

जनकपुरधाम : सार्वभौमिक आवधिक समीक्षा (यूपिआर) अन्तर्गत मानवअधिकार सिफारिसहरूको अवस्थासहित बालविवाह नियन्त्रणसम्बन्धी कानुनी तथा कार्यान्वयन पक्षबारे प्रदेशस्तरीय बहस गर्न जनकपुरधाममा एक विशेष गोष्ठी सम्पन्न भएको छ।

नेपाल इन्डिजिनस वीमेन फेडेरेशन (NIWF), नेपाल दलित महिला अधिकार मञ्च, एशिया दलित राइट्स फोरम (ADRF) तथा नेपाल मुस्लिम महिला कल्याण समाजको संयुक्त आयोजनामा सम्पन्न गोष्ठीमा प्रदेशस्तरीय संरचनामा यूपिआर सिफारिसहरूको प्रगति, चुनौती र आगामी रणनीतिबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम उप–महानगरपालिकाका उप–प्रमुख किशोरी साह हुनुहुन्थ्यो। सो अवसरमा जिल्ला प्रहरी कार्यालय धनुषाका नायब उपरीक्षक गणेश बहादुर बम तथा जनकपुरधाम उप–महानगरपालिका–१४ का वाडा अध्यक्ष पुण्यप्रताप यादव अतिथि रहनुभएको थियो।

कार्यक्रमको अध्यक्षता नेपाल महिला कल्याण समाजकी अध्यक्ष गुलिस्ता परवीनले गर्नुभएको थियो। गोष्ठीमा बालविवाह रोकथामका लागि आवश्यक कानुनी व्यवस्था, सरकारी संयन्त्रको भूमिका, सामाजिक चुनौती तथा प्रभावकारी कार्यान्वयनका उपायहरूबारे विषयगत प्रस्तुति र खुला संवाद गरिएको थियो। सहभागीहरूले प्रदेश र स्थानीय तह दुवैले जनचेतना, कानुनी कारबाही, संरक्षण संयन्त्र बलियो बनाउने तथा महिला–बालिका अधिकारका मुद्दालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिए।

कार्यक्रममा विभिन्न स्थानीय तहका प्रतिनिधि, सरकारी तथा गैरसरकारी निकाय, महिला समूह, सामाजिक अभियन्ता तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको आयोजक संस्थाहरूले जनाएका छन्। उक्त कार्यक्रम Equality Now को सहयोगमा सम्पन्न गरिएको आयोजकले जनाएको छ।

प्रकाशित : मंशिर १२,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA