नेकपाको लुम्बिनी प्रदेशस्तरीय एकता सन्देश सभा आज दाङमा :JCNEPAL MEDIA

मंशिर १३,२०८२ / जेसी नेपाल संवाददाता

रुपन्देही : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आज लुम्बिनी प्रदेशअन्तर्गत दाङ, देउखुरीस्थित लमहीमा एकता सन्देश सभा गर्दैछ ।

पार्टी गठनपछि देशभर एकता सन्देश सभा गर्ने योजना अनुसार आज लमहीमा सभा हुन लागेको हो । लमही बजारभित्रको बगैँचामा आयोजना हुने सभाका लागि तयारी तीव्र रहेको आयोजकले जनाएको छ । प्रदेशभरका विभिन्न जिल्लाबाट नेता तथा कार्यकर्ता लमही आइपुग्ने क्रम जारी छ । नेकपा माओवादी केन्द्र, नेकपा एससहितका दर्जनौँ घटक मिलेर बनेको नेकपा हाल देशभर सांगठनिक विस्तारको अभियानमा छ ।

सोही अभियानअन्तर्गत शुक्रबार धनगढीमा पनि पार्टीले एकता सन्देश सभा सम्पन्न गरिसकेको छ । आजको सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल, भीम रावल, वर्षमान पुनलगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित : मंशिर १३,२०८२         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA