एमाले प्रतिनिधि छनोटमा विवाद, पर्शुराम बस्नेतमाथि हातपात : विराटनगर JCNEPAL MEDIA

मंशिर १३,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : नेकपा एमालेको ११औं महाधिवेशनका लागि प्रतिनिधि छनोट हुँदै गर्दा विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालयमा तीव्र तनाव सिर्जना भएको छ।

जारी मतदानका बीच कार्यकर्ताहरू एकआपसमा झडपमा उत्रिएपछि वातावरण केहीबेर अस्तव्यस्त बनेको हो। तनावको मुख्य कारण फर्जी मतदानको प्रयास रहेको खुलेको छ। एमाले नेता पर्शुराम बस्नेतले अपाङ्गता तथा अशक्त व्यक्तिहरूको नाममा एकै व्यक्तिले वारिस बनेर पटक–पटक मतदान गर्न खोजेको गम्भीर आरोप लगाएपछि विवाद चर्किएको हो। सार्वजनिक भिडियो फुटेजमा नेता बस्नेत अत्यन्त आक्रोसित मुद्रामा देखिन्छन्। भिडमा उभिएर उनले सो व्यक्तिलाई “तपाईँ अभिभावक होइन, यसरी भोट हाल्न पाइन्छ?” भन्दै कडा प्रश्न गरेका छन्। उनी झम्टिन खोजेपछि अन्य कार्यकर्ता तथा सुरक्षाकर्मीले उनलाई रोक्न निकै कठिन परिरहेको दृश्य देखिन्छ। केही कार्यकर्ताले उनलाई धकेलेको पनि भिडियोमा देखिन्छ। त्यहीबेला पछाडि उभिएकी एक महिला कार्यकर्ता भने चिन्तित स्वरमा “आफू–आफू लडाइँ गरेर मर्ने भए” भन्दै स्थिति असामान्य बन्दै गएको संकेत गर्छिन्।

भिडमा चलिरहेको ठेलमठेल, आरोप–प्रत्यारोप र हातहालाहालले एमालेभित्रको आन्तरिक प्रतिस्पर्धा र गुटबन्दी फेरि सतहमा आएको देखिएको छ। अशक्त तथा वृद्धवृद्धाका नाममा अनधिकृत व्यक्तिले भोट हाल्न खोजेको विवाद उग्र बनेपछि केही समयका लागि मतदान प्रक्रिया नै रोकिएको थियो। परिस्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीको भूमिका बढेपछि मात्र मतदान पुनः सुचारु भएको बताइएको छ।

प्रकाशित : मंशिर १३,२०८२         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA