राेशनी झाकाे मृत्यु संकास्पद, सुक्ष्म जाँच हने धनुषा प्रहरी प्रमुखको भनाइ : JCNEPAL MEDIA

मंशिर १४,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : राेशनी झाकाे मृत्यु संकास्पद रहेको बुझिएको छ । यस घटनालाई विज्ञयकाे टाेलिलाई जिम्मा दिएर सुक्ष्म जाँच गराउने धनुषा प्रहरी प्रमुख एसपी रुगम बहादुर कुवरकाे भनाइ रहेको छ । जनकपुरधाम उपमहानगरपालिका ४ कि रोशनीको हत्या उनकै श्रीमान प्रशान्त मिश्राले गरेको पिडीत परिवारले न्यायको लागि गुहार गरेको छ ।

विहीवार राति रोशनी झा भर्‍याँगबाट खसेको भनी उनको माइतमा जानकारी दिनेहरुले लगत्तै फाँसी लागेको बताए पछि शंका लागेर कुरो बाहिर आएको थियो । यता धनुषाका एसपी रुगम बहादुर कुवरद्वारा घटनास्थलको निरिक्षण र प्रहरीको प्रारम्भिक अनुसन्धानले यो आत्महत्या होइन भन्ने प्रहरीलाई शंका लागेको बताइएको छ । हत्याका आरोपीहरुले पटक-पटक अभिव्यक्ति परिवर्तन गरेकोले यो हत्या नै हो भने पुष्टि हुन्छ ,रोशनीका मामा पंकज झाको दावि छ । यिनिहरुले रोशनीको हत्या गरेर प्रमाणहरु जलाएर नष्ट पारेको आरोप समेत उनले लगाए । घटनास्थलमा भने रोशनीको कपडा लगायतका सामानहरु जलाइएको अवशेषहरु पनि फेला परेको छ ।

प्रशान्त मिश्रासहितका व्यक्तिहरुमाथि किटानी जाहेरी दिन पीडित परिवरजन अहिले जिल्ला प्रहरी कार्यालय धनुषा पुगेका छ्न् । एसपी कुवरको निरिक्षणको क्रममा आक्रोशित बनेको भिडले आरोपी मिश्राको बुबा रुद्र प्रकाश मिश्रलाई लखेटेका थिए । घटनाको सुक्ष्म जाँच गर्नुपर्ने माग गर्दै प्रहरी समक्ष परिवारजनले गुहार गरेका छ्न् । घटनामा आरोपिका आफन्तगरु डा.धिरज झा,मिश्राको बहिनी र भिनाजुलगायतले प्रमाण नष्ट गर्न सहयोग गरेको स्थानीयवासीहरुले बताए ।

टना लगत्तै माइतमा जानकारी दिनुको साटो प्रमाण नष्ट गर्न पर्साहीबाट एक टिपर मान्छेलाई बोलाइएको समेत छिमेकीहरुले बताए । माइती पक्षले शवको दाहसंस्कार छिटो र जानकारी बिना गरिएको भन्दै आपत्ति जनाएको छ। उनीहरूको भनाइमा, घटनाबारेका महत्त्वपूर्ण प्रमाण नष्ट गर्न हतारिएको हुनसक्ने आशंका छ। रोशनीका ३.५ वर्षका छोरा र २ वर्षकी छोरी छन्। घटनापछि स्थानीय ,नागरिक समाजका प्रतिनिधि र अधिकारकर्मीहरूले निष्पक्ष र वैज्ञानिक छानबिनको माग गरेका छन्।

प्रकाशित : मंशिर १४,२०८२           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA