कामू सीईओ पनि पक्राउ पर्ने भएपछि सीआईबी पुगे सञ्चालक : JCNEPAL MEDIA

मंशिर १५,२०८२ / जेसी नेपाल संवाददाता

काठमाण्डौ : प्रभू बैंक लिमीटेडले कामू सीईओको जिम्मेवारी दिएको निरज लम्साल पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले अनुसन्धान गरिरहेको बैंकिङ कसूर प्रकरणमा संलग्नमध्येका एक आरोपी रहेका पाइएको छ ।

सीआईबीले आफूहरुले अनुसन्धान गरिरहेको प्रकरणमा जोडिएकामध्ये एक आरोपीलाई नै प्रभू बैंकको सञ्चालक समितिको बैठकले कामू सीईओको जिम्मेवारी दिएपछि आश्चर्य प्रकट गर्दै सोमबार बिहान सञ्चालकहरुलाई ब्यूरो बोलाएको समेत खुलेको छ । प्रभू बैंकका दुई सञ्चालक कामू सीईओ लम्साल समेत पक्राउ पर्ने जोखिम बढेपछि अत्तालिँदै ब्यूरो पुगेका थिए । त्यहाँका प्रहरी अधिकारीहरुले निरज लम्सालको संलग्नता अहिलेको प्रकरणमा समेत रहेको भन्दै उनका विषयमा बनेको फाइल नै देखाएपछि सञ्चालकहरु थप आत्तिएका स्रोतको भनाई छ । हिजोमात्र बैंकका सीईओ, डिसीइओ र सीसीओ पक्राउ परेका र फेरि कामू सीईओ पनि पक्राउ पर्ने अवस्था बने बैंक भद्रगोल हुने र यसले सर्वसाधारणमा गलत म्यासेज गई प्रणालीगत जोखिम निम्तिनसक्ने भन्दै सञ्चालकहरुले लम्सालको विषयमा लचक बनिदिन आग्रह गरेका थिए ।

सीआईबीका अधिकारीहरुले लम्साल कतै नभाग्ने ग्यारेण्टी गर्ने हो र चाहिएको बेला उपस्थित गराउने शर्त मान्ने हो भने बैंकको भविष्यलाई हेरेर केही लचक बन्न सकिने बताएका थिए । त्यसपछि ती दुवै सञ्चालकले ब्यूरोमा निरज लम्साललाई अनुसन्धानका क्रममा चाहिएको बेला उपस्थित गराउने शर्तनामा गरेका प्रहरी स्रोतले जनाएको छ । 'हामीले अनुसन्धान गरिरहेको केशमा संलग्नता रहेका आरोपीमध्ये उहाँ(निरज लम्साल) पनि एक हुनुहुन्छ । उहाँलाई नै बैंकले नेतृत्व दिएपछि हामी सुरुमा आश्चर्यमै पर्यौं ।' एक प्रहरी अधिकारीले बिजशालासँग भने- 'बैंकले यस्तो गर्नु हुँदैन थियो । यसमा राष्ट्रबैंकले गाँठो फुकाउने काम गर्छ भन्ने अपेक्षा छ । हामीलाई शंका लागेका सबैसम्म पुगेर अनुसन्धान गर्ने वातावरण सबै पक्षले बनाइदिन्छन् भन्ने आशा राखेका छौं । निरज लम्साल प्रभू बैंकमा निकै लामो समयदेखि कार्यरत बैंकर हुन् । उनी हाल चिफ रिकभरि अफिसरको रुपमा कार्यरत छन् ।

सीईओ अशोक शेरचन पक्राउ परेको प्रकरणमा उनी पनि तानिने स्वभाविक पात्र हुन् । अझ बैंकस्थित स्रोतको दाबीलाई मान्ने हो भने त यो प्रकरणका प्रमुख खेलाडीमध्ये निरज लम्साल पनि एक हुन् । यो विषयमा कुरा बुझ्न खोज्दा लम्साल सम्पर्कमा आउन चाहेनन्। उता, राष्ट्रबैंकमा समेत लम्सालको विषयमा सीआईबीले राखेको कन्सर्न पुगेपछि बरु बाहिरबाट कुनै बैंकरलाई ल्याएर बैंक सम्हाल्न दिने गरी तत्काल निर्णय गरेर जाने विकल्पमा समेत छलफल भइरहेको बुझिएको छ । यसका लागि राष्ट्रबैंकका केही उच्च अधिकारीहरुले केही अनुभवी बैंकरहरुसँग निरन्तर छलफल पनि थालेका छन् ।

यही विषयमा केन्द्रीत रहेर बैंकका अध्यक्ष किशोरजंग कार्कीलाई समेत केन्द्रीय बैंकले बोलाइसकेको छ । बैंकको भावी नेतृत्व, जोखिम न्यूनिकरण तथा समस्याको सही व्यवस्थापनका लागि केन्द्रीय बैंकले प्रभू बैंकलाई आज स्पष्ट निर्देशन गर्ने तयारी गरिरहेको समेत बुझिएको छ ।

प्रकाशित : मंशिर १५,२०८२               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अमेरिकामा नेपाली नयाँ बर्ष अप्रील १४ मा प्रत्येक बर्ष मनाउने आज आधिकारिक घोषणा : विजय कुमार चौधरी

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

भारतकाे रामपुरमा शारिरिक संभाेगकै क्रममा घाँटी थिचेर हत्या,अर्धनग्न नै छाेडेर भागे : JCNEPAL MEDIA

पूजा ठाकुरको 'दहेज' सर्ट फिल्म रिलिज ,बाईककै लागि बिहे गर्ने मधेशको प्रवृतिमा अधारित : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA

धनुषा नापी कार्यालयले पनि अपनाए डिजिटल प्रविधि , नक्साको लागि “मेरो कित्ता” प्रणालीमार्फत घरमै बसेर नक्सा लिन सक्ने : JCNEPAL MEDIA