१६ दिने अभियान अन्तर्गत लैङ्गिक हिंसा विरुद्ध जागरूकता कार्यक्रम सम्पन्न : JCNEPAL MEDIA

मंशिर १५,२०८२ / जेसी नेपाल संवाददाता

BY

भागचरण यादव

जनकपुरधाम उपमहानगरपालिका–१४ अवस्थित श्री माध्यमिक विद्यालय सोहनी मुजेलियामा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तर्गत एकदिने जागरूकता तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। दलान नेपालका प्रतिनिधि धर्मानन्द ठाकुरद्वारा सञ्चालन गरिएको कार्यक्रममा विद्यार्थीहरूलाई लैङ्गिक हिंसाका रूप, कारण, प्रभाव तथा न्यूनिकरणका उपायहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। “प्रविधिको सही प्रयोग गरौँ: लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारा राखी आयोजित कार्यक्रममा Good Touch & Bad Touch को पहिचान, बालबालिकाले दैनिक जीवनमा अपनाउनुपर्ने सुरक्षा उपाय, र जोखिम व्यवस्थापनका विषयमा विशेष प्रशिक्षण दिइयो।

त्यसैगरी, डिजिटल युगमा तीव्र रूपमा बढ्दै गएको अनलाइन तथा साइबर हिंसाबाट सुरक्षित रहने उपाय, सावधानी तथा सतर्कता सम्बन्धी व्यावहारिक परामर्शसमेत सहभागी विद्यार्थीहरूलाई दिइएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्रविधिको जिम्मेवार प्रयोग, लैङ्गिक हिंसा विरुद्ध स्वतःस्फूर्त रूपमा आवाज उठाउने, र सुरक्षित सामाजिक वातावरण निर्माणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

१६ दिने अन्तर्राष्ट्रिय अभियानलाई स्थानीय तहमा प्रभावकारी बनाउने उद्देश्यसहित आयोजित उक्त कार्यक्रम दलान नेपाल, धनुषाको सक्रिय समन्वय र विद्यालय प्रशासनको सहयोगमा सफलतापूर्वक सम्पन्न भएको विद्यालयले जनाएको छ।

प्रकाशित : मंशिर १५,२०८२                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA