कोहलपुर इप्रकामा पत्रकारमाथि दुर्व्यवहार, अनियमितता खुलेआम, दादागिरी मौलाउदै : JCNEPAL MEDIA

मंशिर १७,२०८२ / जेसी नेपाल संवाददाता

बाँके कोहलपुर इलाका प्रशासन कार्यालयमा बुधबार जानकारी लिन पुगेका एक पत्रकारमाथि कार्यालयका कर्मचारीले गरेको दुर्व्यवहार र अनुशासनहीन व्यवहारले गम्भीर प्रश्न उठेको छ। घटनास्थलमा पुगेका पत्रकारका अनुसार कार्यालयभित्र प्रवेश गर्दा एक कर्मचारीले श्रुति सेवन (सुरती सेवन) गरेको स्पष्ट देखिएको थियो। अन्य कर्मचारीहरू पनि सरकारी कार्यालयमा अनिवार्य मानिने पोशाक बिना नै सेवाग्राहीको काम गरिरहेका थिए, जसले कार्यालयभित्रको अनुशासन र कार्यसंस्कृतिप्रति गम्भीर शंका उत्पन्न भएको छ।

अनियमितता बारे बुझ्न कार्यालय प्रमुखसँग सोधपुछ गर्ने क्रममा उल्टै पत्रकारमाथि दवाव सिर्जना गर्ने प्रयास भएको पत्रकारले बताएका छन्। उनका अनुसार कार्यालय प्रमुखले सेवाग्राहीलाई ‘डिस्टर्ब’ गरेको कारण देखाउँदै सीडिओ कार्यालयमै फोन गरी पत्रकारलाई समस्यामा पार्ने प्रयास गरे। त्यसपछिको व्यवहार अझै अपमानजनक रह्यो।

पत्रकारका अनुसार उनलाई लक्षित गरेर “आँखा फुटेको पत्रकार” जस्ता शब्द प्रयोग गर्दै अपमानजनक टिप्पणी गरिएको थियो, जुन सरकारी कार्यालयबाट अपेक्षित मर्यादित व्यवहारविपरीत छ। “सरकारी कार्यालयमा देखिएको अनियमितताबारे प्रश्न गर्नु पत्रकारको दायित्व हो। तर मलाई नै दवाव दिने, अपमान गर्ने र घटना छोप्ने प्रयास गरियो,” पत्रकारले बताए। पीडित पत्रकारले घटनाको गम्भीर छानबिन, गैरजिम्मेवार कर्मचारीमाथि कारबाही र कार्यालयभित्र अनुशासन सुनिश्चित गर्न माग गरेका छन्। सार्वजनिक सेवा प्रदान गर्ने संस्थामा यस किसिमको दादागिरी, लापरवाही र पत्रकारमाथिको अपमानले लोकतान्त्रिक मूल्य तथा प्रेस स्वतन्त्रतामै प्रश्न उठाएको छ।

प्रकाशित : मंशिर १७,२०८२             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA