धम्की प्रकरण पछि १० हाइप्रोफाइल व्यक्तिको आवास वरपर कडा सुरक्षा : JCNEPAL MEDIA

मंशिर १८,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : अख्तियार प्रमुख आयुक्त प्रेम कुमार राईलगायत १० हाइप्रोफाइल व्यक्तिलाई सोसल मिडियामार्फत ज्यानमार्ने चेतावनी दिइएपछि उपत्यकामा उच्च सुरक्षा सतर्कता जारी गरिएको छ ।

उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले बिहीबार काठमाडौँ, भक्तपुर र ललितपुरका सबै प्रहरी इकाइलाई ती व्यक्तिहरूको निवास, भ्रमण मार्ग र सम्भावित कार्यक्रमस्थल आसपास कडा निगरानी गर्न सर्कुलर जारी गरेको हो। आफूलाई ‘उग्रवादी संगठन’ का अध्यक्ष बताउने एक युवकले भिडियो प्रकाशित गर्दै पूर्वआईजीपीदेखि अख्तियार प्रमुखसम्मका नाम उल्लेख गर्दै ‘सफाया गर्ने’ चेतावनी दिएका थिए। धम्कीमा परेकामध्ये पूर्वअख्तियार प्रमुख लोकमान सिंह कार्की, पूर्वआईजीपी गोपालबहादुर खड्का, हेमबहादुर गुरुङ, ओमविक्रम राणा, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, आरजु राणा, रमेश लेखक, दुर्गा प्रसाईँलगायतका नाम समावेश छन्।

उपत्यकाभर कडा निगरानी

प्रहरी प्रधान कार्यालयको निर्देशनपछि उपत्यका प्रहरी कार्यालयले सबै युनिटहरूलाई सुरक्षा तयारी सुदृढ गर्न निर्देशन दिएको छ। सर्कुलरमार्फत धम्की पाएका व्यक्तिहरू मात्र नभई क्षेत्रभित्र बस्ने अरू विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्था पनि मजबुत बनाउन भनिएको छ। सर्कुलरमा भनिएको छ, “कथित उग्रवादी समूहहरूको गतिविधिबारे क्रियाशील खबर संकलन गरी सुरक्षामा कुनै कमजोरी नहोस् भन्ने गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनू।”

धम्की दिने युवक भारतमा रहेको दाबी

काठमाडौँका एसएसपी रमेश थापाका अनुसार धम्की दिने युवकबारे अनुसन्धान अघि बढाइएको छ।

थापाले भने, “सामाजिक सञ्जालमा अवाञ्छित तवरले धम्की दिएकाले आवश्यक प्रक्रिया अघि बढाइएको छ।” सोसल मिडियामा आफूलाई ‘एक्स्ट्रीमिस्ट ग्रुप अफ नेपाल’ का अध्यक्ष बताउने युवकले भिडियोमा अख्तियार प्रमुखलाई तत्काल राजीनामा दिन आग्रह गर्दै “१० दिनभित्र सक्काइदिन्छौँ” भनी खुलेआम चेतावनी दिएका छन्। त्यसैगरी आफूलाई पक्राउ गर्न प्रहरीले खोजे पनि अहिले भारतमा रहेको र पक्राउ “असम्भव” भएको दाबी उनले भिडियोमा गरेका छन्। प्रहरीले यस प्रकरणलाई गम्भीर रूपले लिँदै संभावित जोखिम नियन्त्रणका लागि सुरक्षा संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखेको जनाएको छ।

प्रकाशित : मंशिर १८,२०८२          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अमेरिकामा नेपाली नयाँ बर्ष अप्रील १४ मा प्रत्येक बर्ष मनाउने आज आधिकारिक घोषणा : विजय कुमार चौधरी

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

भारतकाे रामपुरमा शारिरिक संभाेगकै क्रममा घाँटी थिचेर हत्या,अर्धनग्न नै छाेडेर भागे : JCNEPAL MEDIA

पूजा ठाकुरको 'दहेज' सर्ट फिल्म रिलिज ,बाईककै लागि बिहे गर्ने मधेशको प्रवृतिमा अधारित : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA

धनुषा नापी कार्यालयले पनि अपनाए डिजिटल प्रविधि , नक्साको लागि “मेरो कित्ता” प्रणालीमार्फत घरमै बसेर नक्सा लिन सक्ने : JCNEPAL MEDIA