१३ बर्षिय बालिका अंशु गौतमलाई करणी गरि मार्ने उनकै छिमेकी हजुरबुबा : JCNEPAL MEDIA

मंशिर २२,२०८२ / जेसी नेपाल संवाददाता

१३ बर्षिय बालिका अंशु गौतमलाई जबर्जस्ती करणी गरि मार्ने उनकै छिमेकी हजुरबुबा भनेर बोलाउने ५९ बर्षिय पदमबहादुर अधिकारी रहेछन् । श'व खोज्न परिवारसँगै हिँड्ने ५९ वर्षीय छिमेकी नै निस्किए हत्यारा, गाई दुहुँदा र'गत देखेपछि भारतबाट फर्किएका थिए ! असोज २१ गते मोरङ, लेटाङ–२ की १३ वर्षीय अंशु गौतम घर नजिकै खेल्न निस्किँदा बे'पत्ता भइन्।

१७ दिनपछि घरदेखि करिब ४ किलोमिटर टाढा चारकोसे झा'डीमा उनको अ'वशे'ष फेला परेको थियो।साढे दुई महिनापछि प्रहरीले ह'त्याका आरोपितका रूपमा अंशुले ‘बाजे’ भन्थिन् ती ५९ वर्षीय छिमेकी पदमबहादुर अधिकारीलाई सार्वजनिक गर्यो। प्रहरीको अनुसन्धानअनुसार-घटनाको दिन पदमबहादुर अंशु खेलिरहेको ठाउँमा पुगे। अंशुसँग रहेकी अर्को बालिकालाई ५ रुपैयाँ दिएर चकलेट किन्न पठाए।अंशुलाई मोबाइल चलाउँन दिन्छु भन्दै फकाएर साइकलमा चढाई करिब ४ किलोमिटर टाढा जंगलमा लगे। जंगलमा गएपछि क'र'णी ग'र्ने प्रयास गरेपछि दुइ टु''क्रा पा'रेर घट्ना घटाएको प्रहरीको भनाइ छ।

घटनापछि उनले अभिनयझैँ गर्दै, परिवारसँगै रोए, गाउँलेसँगै खोजीमा दौडे, र अंशु भेटिएको दिन पनि घटनास्थलमै उभिएर ‘रमिते’ बने। प्रहरीले ३०० भन्दा बढी व्यक्तिसँग सोधपुछ र १६ जनाको पोलिग्राफ परीक्षण गर्यो। तर वास्तविक मोड आयो, पदमबहादुरका छोरा ज'बर'ज'स्ती क'र'णी मुद्दामा जे'लबाट कात्तिक १८ गते छुटे, भोलिपल्टै (कात्तिक १९) पदमबहादुर एक्कासी गाउँ छोडेर भारतको मेघालय भागे। यही व्यवहार प्रहरीका लागि मुख्य सुराकी बन्यो।

भारतमा गाई फार्ममा लुकेर बसेका उनलाईमानसिक त'ना'व, र प्रहरीले आफन्तमार्फत बनाएको द'बा'बका कारण अन्ततः नेपाल फर्कन बा'ध्य भए। प्रहरीलाई दिएको बयानमा उनले भनेका छन्-“गाई दुहुँदा बाल्टिनमा दुधको साटो र'गत देखेजस्तो हुन्थ्यो, अंशुको अनुहार झल्किन्थ्यो।” सोहि ब्याक्तिलाई आज प्रहरीले सार्वजनिक गरेको छ भने घट्नाको बारेमा उनले सबै कुरा स्वीकार गरिसकेका छन् ।

प्रकाशित : मंशिर २२,२०८२             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA