जनकपुरका मेयर प्रत्याशी शिवशंकर साह (हिरा) बलात्कार आरोपमा पक्राउ : JCNEPAL MEDIA

मंशिर २३,२०८२/ जेसी नेपाल संवाददाता

१४ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिकाका मेयरका प्रत्याशी शिवशंकर साह ‘हिरा’लाई प्रहरीले पक्राउ गरेको छ ।

दुई साताअघि जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता भएको उजुरीअनुसार हिरासहित चार जनामाथि होटेलमा बालिकालाई जबरजस्ती करणी गरेको आरोप छ । धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमका अनुसार भारतबाट नेपाल प्रवेश गर्ने क्रममा हिरालाई नियन्त्रणमा लिइएको हो ।

उजुरीका आधारमा आवश्यक अनुसन्धान अघि बढाइरहेको उनले बताए । यसअघि घटनामा संलग्नताको आरोपमा हिराका दाइ पर्ने मनोज महतो पक्राउ परिसकेका छन् । बाँकी दुई जना फरार रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरी कार्यालय धनुषाले जनाएको छ । हिरा २०७९ सालको स्थानीय तह चुनावमा नेकपा एमालेबाट जनकपुरधाम उपमहानगरपालिकाका मेयरका उम्मेदवार बनेका थिए र निकटतम प्रतिस्पर्धी समेत रहेका थिए।

आगामी चुनावमा उनी मेयर जित्ने प्रबल दाबी गरिँदै आएका बेला यस्तो गम्भीर आरोपमा पक्राउ परेका हुन् । हिरा जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पनि हुन् ।

प्रकाशित : मंशिर २३,२०८२               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA