सशस्त्रका डिएसपी शर्माले जटहीबाट काजु तस्करी गराउदै, एक सातामै २४०० किलो अवैद्य काजु बरामद : JCNEPAL MEDIA

मंशिर २४,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : धनुषाको मुख्य नाका रहेको जटहीबाट एक सातामै २४०० बढी किलो अबैद्य काजु बरामद गरिएको छ । बिओपी (गुल्म) जटहीका ईन्चार्ज एवम् कार्यालय प्रमुख डिएसपी तेजराज शर्माले तस्करको सेटिँगमा भित्र्याएका २४०० किलो बढी अवैद्य काजु बरामद गरिएको छ ।

डिएसपी शर्माको सेटिँगमा भारतबाट नेपाल भित्र्याइएका सो परिमाणको अबैद्य काजु ८ नं. गणबाट खटेको टोलीले बरामद गरेको हो । गत मँसिर १५ गते बिओपी जटहीदेखि करिब ३०० मिटरको दुरीमा एक गोदामबाट १३७० किलो काजु बरामद गरिएको थियो । सशस्त्र प्रहरी धनुषा ८ नं. गणबाट खटेको टोलीले गोप्य सूचनाको आधारमा सो काजु बरामद गरेको थियो । एक साता नबित्दै मँसिर २२ गते पुनः डिएसपी शर्मा ईन्चार्ज रहेको बिओपी जटहीबाट एक साताभित्रै दुई पटक भारी मात्रामा अबैद्य काजु बरामद भएपछि उनकै सेटिँगमा भारतबाट काजु भित्रिएको बताईएको छ ।

सशस्त्र प्रहरीको कडा गस्ती रहेको धनुषाको मुख्य नाका जटहीबाट रातोरात भारी मात्रामा अवैद्य काजु बरामद भएपछि डिएसपी शर्माको नेतृतवमाथि प्रश्नचिन्ह उठेको छ । मँसिर १५ गते मात्र १३७० किलो अवैद्य काजु बरामद भएपछि उनको नियतमाथि शंका गरिएको थियो । जनकपुरमा रहेको ८ नं. गण (हेडक्वाटर) लाई थाहा हुने तर करिब ३०० मिटरको मात्र दुरीमा रहेको बिओपी ईन्चार्जलाई थाहा नहुने ? भन्नेमा नैतिक प्रश्न उठेको थियो । त्यसको ठ्याक्कै एक सातापछि मँसिर २२ मा पुनः १०५० किलो अवैद्य काजु सोही स्थानबाट बरामद भएपछि उनलाई बाहिणी तानिएको छ ।

डिएसपी शर्माको एरियामा एक साताभित्रै पटक पटक भारी मात्रामा अवैद्य काजु बरामद भएपछि उनलाई सोधपुछको लागि बाहिणी तानिएको हो । सशस्त्र प्रहरी मधेश प्रदेश बाहिणीमा तानेर उनलाई सोधपुछ भईरहेको स्रोतको दाबी छ । डिएसपी शर्मा आएको ५ महिनाको कार्यकालमा जटही नाकाबाट लत्ताकपडा, किरानाका समान, हार्डवेयरका समान, घरायसी समानहरु तस्करीको जालोलाई झन मजबुत गरिएको गुनासो स्थानीयहरुको पनि छ । उनको एरियाबाटै २४०० बढी किलो अवैद्य काजु बरामद हुनु र डिएसपी शर्मालाई थाहा नहुनुमा शंका उब्जिएको छ । उनलाई सोही कारण बाहिणी तानिएको हो । जटही र फुलगामासम्म डिएसपी शर्माको मिलोमत्तोमै तस्करीका समानहरु स्टोर गर्ने गरिएको स्रोत बताउँछन् । जनकपुर बजारमा माग अनुसारको समान तस्करीको लागि केही तस्करहरु, व्यापारीहरु सक्रिय रहेका छन् ।

जटही नाकाबाट लत्ताकपडा तस्करीमा सुल्तान, नईम, बिरु र नरेश रहेका छन् । सोही नाकाबाट उमेश र रँजीतले हार्डवेयरसहित खाद्यान्नहरु तस्करी गर्दै आएका छन् । उनीहरुसँग डिएसपी शर्माको कनेक्सनले करोडौँको अवैद्य समान भित्रिरहेको दाबी छ । यस सन्दर्भमा सशस्त्र प्रहरी बल केन्द्रका अपरेशनल विभागका डिएसपी सुदिप रेग्मीले दुई पटक काजु समातिएको पुष्टि गरे । उनले पटक पटक काजु समातिएको र कसरी भित्रिएको सन्दर्भमा आफूलाई थाहा नभएको बताए । उनले आफू काठमान्डौँमा रहेकोले धनुषाको कुरा थाहा नभएको बताए । यद्यपी, काजु समातिएको पुष्टि गरे ।

प्रकाशित : मंशिर २४,२०८२          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अमेरिकामा नेपाली नयाँ बर्ष अप्रील १४ मा प्रत्येक बर्ष मनाउने आज आधिकारिक घोषणा : विजय कुमार चौधरी

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

भारतकाे रामपुरमा शारिरिक संभाेगकै क्रममा घाँटी थिचेर हत्या,अर्धनग्न नै छाेडेर भागे : JCNEPAL MEDIA

पूजा ठाकुरको 'दहेज' सर्ट फिल्म रिलिज ,बाईककै लागि बिहे गर्ने मधेशको प्रवृतिमा अधारित : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA

धनुषा नापी कार्यालयले पनि अपनाए डिजिटल प्रविधि , नक्साको लागि “मेरो कित्ता” प्रणालीमार्फत घरमै बसेर नक्सा लिन सक्ने : JCNEPAL MEDIA