बहुविवाहको आरोपमा डिएसपी मधु नेपाल पक्राउ : JCNEPAL MEDIA

मंशिर २४,२०८२ / जेसी नेपाल संवाददाता

बुटवल : पूर्वी नवलपरासीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) मधु नेपाल पक्राउ परेका छन् । बहुविवाहको आरोपमा पक्राउ परेका उनीमाथि रूपन्देही प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

उनकी जेठी श्रीमती तारा नेपाल खनालले बहुविवाहको उजुरी दिएपछि नेपालका नाममा सोमबार पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बहुविवाहको जाहेरी परेको जानकारीपछि उनी स्वयं प्रहरी कार्यालयमा आइपुगेका र नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरिएको बताए ।

मंगलबार तीन दिनका लागि म्याद थप भएको छ,उनले भने । अहिले अनुसन्धान भइरहेको छ । प्रहरी स्रोतका अनुसार डिएसपी नेपालले प्रहरीमै कार्यरत एक युवतीसँग दोस्रो विवाह गरेका हुन् । तर स्रोतका अनुसार उक्त प्रहरी युवती भने अहिले फरार छिन् । डिएसपी नेपाल यसअघि २०७४ सालमा पनि निलम्बनमा परेका थिए ।

बुटवलस्थित वडा प्रहरी कार्यालय रामनगरमा प्रहरी निरीक्षक पदमा कार्यरत रहँदा गाँजाको कारोबार–सम्बन्धी आर्थिक लेनदेनको विवादमा मुछिएपछि उनी निलम्बनमा परेका थिए । प्रहरी निरीक्षकमा निलम्बनमा परेपछि उनी प्रहरी नायब उपरीक्षकको तत्कालीन बढुवा सूचीमा समेत छुटेका थिए ।

प्रकाशित : मंशिर २४,२०८२             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA