एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

मंशिर २७,२०८२/ जेसी नेपाल संवाददाता

काठमाडौं : नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह केही समयपश्चात सुरु हुँदैछ।

उद्घाटन सत्र भक्तपुरको सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ। आज देशभरबाट प्रतिनिधि र नेता-कार्यकर्ता धमाधम काठमाडौं आइरहेका छन्। भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा मध्यान्हमा हुने उद्घाटन समारोहमा विभिन्न १६ वटा राजनीतिक दल र ६ वटा सामाजिक संघ/संस्थालाई बोलाइएको छ ।

महाधिवेशन उद्घाटन समारोहस्थल भक्तपुरको सल्लाघारी सहभागीहरूले भरिन थालेको छ। उदघाटन समारोहस्थलमा प्रवेश गर्नुअघि कडा सुरक्षा जाँच गरिएको छ । ११ औं महाधिवेशनमा २ हजार २६२ प्रतिनिधि हुनेछन्। वैधानिक व्यवस्था बमोजिम ५ प्रतिशत मनोनयन गर्न पाउने भएकाले १०८ जना मनोनीत हुनेछन्।

यससँगै ३०९ जना केन्द्रीय सल्लाहकार समेत गरी कुल प्रतिनिधि सहभागी संख्या २ हजार ५ सय ७१ हुनेछ।

प्रकाशित : मंशिर २७,२०८२                  ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA