महोत्तरीमा १४ बर्षिय बालिका बलात्कृत, गाउँमै ढाकछोप गरि मिलाउन खाेज्दा आरोपित पक्राउ : JCNEPAL MEDIA

मंशिर २८,२०८२/ जेसी नेपाल संवाददाता

बर्दिवास : महोत्तरीमा १४ बर्षिय बालिका बलात्कृत भएका छन । गाउँलेहरू गाउँमै ढाकछोप गरि मिलाउन खाेज्दा आरोपित पक्राउ परेका छन । महोत्तरीको बर्दिवास नगरपालिका–१२ मा १४ वर्षीया बालिकामाथि भएको जबरजस्ती करणीको घटना एक सातापछि सार्वजनिक भएको छ।

घटना बाहिर नआओस् भनेर पीडित परिवारमाथि निरन्तर धम्की, सामाजिक दबाब र पैसाको प्रलोभन दिइँदै आएका बेला प्रहरीले छलफल कार्यक्रमकै क्रममा आरोपितलाई पक्राउ गरेपछि मात्र विषय सतहमा आएको हो। पीडित बालिकाका अनुसार गत शुक्रबार विद्यालयबाट घर फर्केर किताब राखी नजिकैको खेतमा काम गर्न गएकी थिइन्। सोही क्रममा छिमेकी राजेन्द्र महतोले ‘माया गर्छु, पैसा दिन्छु’ भन्दै खेतमै जबरजस्ती करणी गरेका हुन्। बालिकाले प्रहरीसमक्ष दिएको बयानमा आरोपितले डर देखाउँदै यौनहिंसा गरेको उल्लेख छ। घटनाका बेला खेतमा मल लिएर पुगेकी पीडितकी आमाले छोरीको रोएको आवाज सुनेपछि हेर्न जाँदा आरोपित भागिसकेको र आफूले छोरीलाई घर ल्याएको बताइन्।

तर घटना त्यतिमै सकिएन। पीडित परिवारका अनुसार घटनाबारे कसैलाई बताए ‘सबैको इज्जत जान्छ’ भन्दै चुप बस्न दबाब दिइयो। पीडितकी आमाले भनिन्, “हल्ला गरिस् भने ज्यान मारिदिन्छु भनेर धम्की दिइयो। प्रहरीमा जाहेरी दिन खोज्दा पनि रोक्ने प्रयास भयो।” उनका अनुसार घटनाकै राति आरोपित पक्षका मानिसहरू घरमै आएर धम्की दिएका थिए। कहिले डर देखाइयो त कहिले आर्थिक प्रलोभन।

६ लाख रुपैयाँ दिएर गाउँमै घटना मिलाउन दबाब दिइएको पीडित परिवारको भनाइ छ। बाटो छेकेर छलफलमा राखियो, सहमति गर्न बाध्य पारियो ; पीडितकी आमाले भनिन्। बिहीबार दिउँसो करिब २ बजे २०–२५ जनाले घेरेर पीडित परिवारलाई सहमति गर्न दबाब दिइरहेका बेला इलाका प्रहरी कार्यालय बर्दिवासको टोलीले हस्तक्षेप गर्दै बर्दिवास–१२ का राजेन्द्र महतोलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार पीडितले दिएको जाहेरीका आधारमा महतोलाई शुक्रबार तीन दिनको म्याद थप गरी हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ।

प्रकाशित : मंशिर २८,२०८२              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA