बलात्कार आरोपमा पक्राउ परेका हिरा साहकाे मुद्दामा नयाँ टुइस्ट , हिरा साह घटनालाई सामसुम पार्ने दाेषिमात्रै देखिए : JCNEPAL MEDIA

मंशिर २९,२०८२/ जेसी नेपाल संवाददाता

बलात्कार आरोपमा पक्राउ परेका प्रत्यासी एवं एमाले नेता हिरा भनिने शिवशंकर साह बलत्कारमा संलग्न नभई घटनालाई प्रहरी समक्ष आउन नदिने वातावरण सिर्जना गरेकाे अभियाेगमा मात्र पक्राउ परेका छन । पिडित पक्षले अपहरण ,शरिरबन्धक र जवर्जस्ति करणी मुद्दा जिल्ला प्रहरी कार्यालय,धनुषामा दर्ता गराएका थिए  । त्यस मुद्दामा मनाेज महताे हिरा साहकाे दाइ नाता पर्ने माथि किटानी जाहेरी दिएका थिए ।

अनुसन्धानका लागि जिल्ला अदालतबाट चार दिन थुनामा राख्ने म्याद थपगरिएकाे जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी गणेश बहादुर बमले जानकारी दिएका थिए। केही दिन अघि एक १४ वर्षिया बालिकालाई आफ्नै हाेटेलमा जबर्जस्ती करणी गरेको आरोपमा साहलगायत चारजना बिरूध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता भएको थियो ।

घटनाको आरोपीत हिरा र घटनाढाकछाेप गर्न आर्थिक लेनदेनमा मध्यस्थत कर्ताकाे भुमिका निर्वाह गरेका पिडित बालिकाका मामा संजय महासेठ पक्राउ गरिएको पुष्टि जिल्ला प्रहरी कार्यालय डिएसपी बमले पुष्टि गरेका थिए । साेहि मुद्दामा हिराकाे नातामा दाइ पर्ने मनाेज महताेलाई यसअघिनै काठमाडौं बाट प्रहरीले पक्राउ गरेका थिए ।

चार जना मध्ये तीन जना मनाेज, हिरा र अमित पक्राउ परिसकेका छन । थप एकजनाको खाेजतलास भईरहेकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित : मंशिर २९,२०८२                  ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA