मधेशका मुख्यमन्त्री यादव एक्शनमा ,सरकारी कार्यालयमा छड्के ,७२ कर्मचारीलाई कारबाही : JCNEPAL MEDIA

पुस ०३,२०८२ / जेसी नेपाल संवाददाता

मधेशका सरकारी कार्यालयमा छड्के गरी ७२ जना कर्मचारीलाई कारबाही गरिएको छ । ​​मधेश प्रदेशका १८ वटा सरकारी कार्यालयमा छड्के निरीक्षण गरिएको छ । मधेश प्रदेशका मुख्यमंत्री कृष्ण प्रसाद यादवको विशेष निर्देशनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट २/२ जनाको ८ वटा टोली बनाएर यही पुस १ र २ गते छड्के अनुगमन गरिएको हो ।

छड्के अनुगमनका क्रममा १ गते ४८ र २ गते २४ जना गरी ७२ जना कर्मचारी कारबाहीमा परेका निमित्त प्रमुख सचिव रामकुमार महतोले जानकारी दिए । उनका अनुसार कारबाहीमा पर्नेहरूमा ५५ जना पुरुष र १७ जना महिला कर्मचारी रहेका छन् । कारबाहीमा पर्नेमा उपसचिव सरहका २, शाखा अधिकृत सरहका ४१, नायब सुब्बा सरहका १६, खरिदार सरहका ४, सवारी चालक ३ र कार्यालय सहयोगी ६ जना छन् ।

कारबाहीमा पर्नेहरूमा पूर्व स्वीकृति बेगर कार्यालय नआएका ३४ जना रहेका छन् । यसैगरी तोकिएको पोशाक नलगाउने ३८ जना रहेका छन् ।निरीक्षणलाई निरन्तरता दिई मधेश प्रदेशका बाँकी ७ वटा जिल्लामा समेत निरीक्षण गर्न टोली खटाइने निमित्त प्रमुख सचिव महतोले जानकारी दिए । प्रदेशमा सुशासन कायम गर्नका लागि छड्के अनुगमन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रकाशित : पुस ०३,२०८२            ००:०० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA