कांग्रेस-कम्युनिस्ट नीतिले देश धरापमा परेको उपेन्द्र यादवको आरोप : JCNEPAL MEDIA

पुस १४,२०८२/ जेसी नेपाल संवाददाता

कांग्रेस-कम्युनिस्ट नीतिले देश धरापमा परेको उपेन्द्र यादवको आरोप रहेको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादको पक्षमा जनकपुरमा विशाल जनप्रदर्शन तथा विरोध सभा आयोजना गरेको छ । सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले मुलुक गम्भीर आर्थिक, सामाजिक र नैतिक संकटमा रहेको दाबी गरे ।

उनले कांग्रेस र कम्युनिस्ट दलहरूको गलत नीति, निजीकरण र उदारीकरणका कारण उद्योग, शिक्षा, कृषि र स्वास्थ्य क्षेत्र धराशायी भएको तथा भ्रष्टाचार चरम सीमामा पुगेको आरोप लगाए । संविधान संशोधन, भ्रष्टाचार नियन्त्रण र शिक्षा सुधारका मागलाई दुईतिहाइको दम्भमा बेवास्ता गरिएको उनको भनाइ थियो । अध्यक्ष यादवले वर्तमान निर्वाचन प्रणाली विभेदकारी र महँगो भएको भन्दै पूर्ण समानुपातिक प्रणाली र प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था आवश्यक रहेको बताए ।

मधेशको भूगोल र जनसंख्याको सही प्रतिनिधित्व नभएको उल्लेख गर्दै संविधान संशोधन नभएसम्म जसपा संघर्षमै रहने स्पष्ट पारे । सभामा सहभागीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै संघीयता विरोधी गतिविधि र जनजीविकाका समस्याको विरोध गरेका थिए । मधेशका विभिन्न जिल्लाबाट हजारौँको सहभागिता रहेको थियो ।

प्रकाशित : पुस १४,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA