सर्वसाधारणको नाम दुरूपयोग गरी अनलाइन ठगी गर्ने संगठित गिरोह पक्राउ : JCNEPAL MEDIA

पुस १६,२०८२/ जेसी नेपाल संवाददाता

जनकपुरधाम : सर्वसाधारणको नाम दुरूपयोग गरी अनधिकृत रूपमा अनलाइन ठगी गर्ने संगठित गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। वैदेशिक रोजगारीमा रहेका व्यक्तिले आफन्तका नाममा पठाएको रेमिट्यान्स झिक्न आएका सेवाग्राही महिलालाई लक्षित गरी ठगी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । प्रहरीकाअनुसार रेमिट्यान्स झिक्न थप कागजात आवश्यक पर्ने बहानामा सेवाग्राहीको फोटो र नागरिकताको प्रतिलिपि संकलन गरी त्यसको दुरूपयोग गरिएको थियो ।

संकलित विवरण प्रयोग गरी अनधिकृत रूपमा डिजिटल वालेट तथा एकाउन्ट खोल्ने र ती एकाउन्टहरू ठगी गर्ने समूहलाई बिक्री–वितरण गरिएको थियो । सूचनाका आधारमा खटिएको विशेष प्रहरी टोलीले सुक्ष्म अनुसन्धानपछि धनुषा जिल्लाका विभिन्न स्थानबाट गिरोहका मुख्य सदस्यसहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरूमा धनुषाधाम नगरपालिका-९ धारापानी चौकस्थित ‘मामा भान्जा ट्रेडर्स’ (रेमिट्यान्स काउन्टर) का सञ्चालक विनोद भन्ने विशाल भुजेल, दीपशिखा मोबाइल पसलका सञ्चालक सन्तोष मण्डल, धनौजी गाउँपालिका-२ का साधु राम, जनकपुरधामको शिवचोकमा डेरा गरी बस्ने बलराम मण्डल, धनौजी-२ का रूपेश कुमार साह र निक्की कुमार राम रहेका छन् ।

प्रकाशित : पुस १६,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA