मुलुकको अध्यागमन प्रणालीलाई थप व्यवस्थित र आधुनिकीकरण गर्न जरुरी : गृहमन्त्री JCNEPAL MEDIA

पुस १८,२०८२/ जेसी नेपाल संवाददाता

काठमाडौै : गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको अध्यागमन प्रणालीलाई थप व्यवस्थित र आधुनिकीकरण गर्न अपरिहार्य रहेको बताउनुभएको छ । बिहीवार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गर्दै गृहमन्त्री अर्यालले यस्तो बताउनुभएको हो ।

उहाँले विश्वव्यापी रूपमा अन्तरदेशीय तथा सीमापार अपराधहरु बढिरहेको उल्लेख गर्दै ती अपराधहरु न्युनिकरण तथा नियन्त्रण गर्न राष्ट्रिय सुरक्षा व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन जरुरी रहेको समेत बताउनु भयो । नेपाली नागरिकहरुको विदेश प्रस्थानलाई व्यवस्थित गर्न केन्द्रित रहेको अध्यागमन प्रणालीको प्राथमिकता अब समयको मागसँगै विदेशी नागरिकहरुको आवागमन व्यवस्थित गर्नमा केन्द्रित हुन आवश्यक रहेको उहाँको भनाइ छ ।

उहाँले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीकोले विदेशी नागरिकको आवतजावत व्यवस्थित र सुरक्षित प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उक्त प्रणालीले अध्यागमन कानून बमोजिम विदेशी नागरिकको आवतजावत अभिलेखनलाई प्रभावकारी बनाउन, विदेशी नागरिकहरुको सुरक्षा थप सुदृढ बनाउन, विपद्को कार्यमा उद्धार तथा खोजि कार्यमा सहजिकरण गर्न, नेपालमा विदेशी नागरिकहरुको अवाञ्छित गतिविधिहरु नियन्त्रण गरी विभिन्न अपराधहरुको अनुसन्धान प्रभावकारी बनाउन र विश्वस्तरमा नेपाललाई सुरक्षीत पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सरकार विधिको शासन, भ्रष्टाचार मुक्त र सुशासन कायम गर्दै निर्वाचन मार्फत जिम्मेवारी हस्तान्तरण गर्न सम्पूर्ण रुपले निर्वाचनमा केन्द्रित रहेको पनि बताउनु भयो ।

प्रकाशित : पुस १८,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA