TikTok मा हालेको भिडियोका कारण धनुषामा दुई समुदायबीच तनाव, मस्जिदमा तोडफोड JCNEPALMEDIA

पुस २०,२०८२/ जेसी नेपाल मिडिया

जनकपुरधाम : धनुषाको कमला नगरपालिकास्थित हिन्दु र मुस्लिम समुदायबीच तनाब भएको छ । शनिबार दुई समुदायबीच तनाव बढेपछि तोडफोड र आगजनी समेत भएको छ ।

कमला नगरपालिका वडा नं. ६ सखुवा मडानस्थित मुस्लिम पक्षका केही युवकले टिकटकमा हिन्दु र हिन्दुधर्मप्रति अभद्र टिप्पणीसहितको भिडियो बनाएपछि तनाव उत्पन्न भएको हो । केही दिन अगाडी मुस्लिम समुदायका हैदर अन्सारी र अमानत अन्सारी नामक युवकले टिकटकमा हिन्दुस्तानको नाम लिएर रक्षा बन्धन, हिन्दु परम्परालाई अभद्र तरिकाले दर्साउने भिडियो बनाएका थिए । सोही लगत्तै हिन्दु पक्ष र मुस्लिमका अगुवाहरुले दुवै जनालाई प्रहरीलार्ई जिम्मा लगायो । ईलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच पँचायत भईरहँदा पक्राउ गरिएको भन्दै केही मुस्लिम पक्षका व्यक्तिले कराउन थालेपछि हिन्दु पक्षले मस्जिदमा तोडफोड गरेको वडा नं. ६ का वडाध्यक्ष समसुल मियाँका छोरा अकबर अन्सारीले बताए । उनले अमानत अन्सारी र हैदर अन्सारीले समाजिक सँजालमा भिडियो हालेपछि विवाद उत्पन्न भएको बताए ।

सो लगत्तै मुस्लिम पक्षबाट हैदर अन्सारी र अमानत अन्सारीले हिन्दुस्तानको नाम जोडेर रक्षा बन्धन, हिन्दु परम्परालाई अभद्र देखाउने गरी भिडियो बनाएपछि तनाव भएको हो । हैदर र अमानले भिडियो बनाएपछि हिन्दु पक्षले कारवाहीको माग गरेका थिए । उनीहरुलाई पक्राउ गर्न प्रहरी आएपछि दुई समुदायबीच तनाव भयो । हिन्दु पक्षले नजिकै रहेको मस्जिदमा पसेर तोडफोड र कुरान जलाएको हो । स्थानीय सँतोष यादवका अनुसार, हैदर र अमानतले हिन्दुहरुको पर्वमा हिन्दु युवति, किशोरीहरुलाई जिस्काउने, अभद्र टिकाटिप्पणी गर्न थालेपछि घटना भएको दाबी गर्छन् भने सोही ठाउँ बस्ने जसपा नेपालसँग आवद्ध स्थानीय युवा ईसराफिल अन्सारीले स्थानीय गणेश साहका छोरा राजन साह लगायतका युवकहरुले पहिले भिडियो बनाएपछि तनाव भएको दाबी गरे ।

अन्सारीका अनुसार, अमानत र हैदर दोषी देखिए कारवाही हुनुपर्छ भन्ने आफू पक्षमा रहेपनि हिन्दु समुदायका केही व्यक्तिहरुले घटनासँग सम्बन्धित नै नरहेको मस्जिदमा तोडफोड र मुस्लिम समुदायको ग्रन्थ कुरान जलाउनु अनुचित रहेको बताए । यता, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता गणेश बमका अनुसार भिडियो नै झगडाको मुख्य विषय रहेको बताए । भिडियो हालेपछि तनाव उत्पन्न भएको बताउँदै सो प्रकरणमा तीन जनालाई पक्राउ गरिएको बताए । पक्राउ पर्नेहरुमा हैदर अन्सारी, अमानत अन्सारी र कपिल साह रहेका छन् । उनीहरुमाथि कानुन बमोजिम कारवाही प्रक्रिया थाल्ने बताए ।

प्रकाशित : पुस २०,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA

धनुषा नापी कार्यालयले पनि अपनाए डिजिटल प्रविधि , नक्साको लागि “मेरो कित्ता” प्रणालीमार्फत घरमै बसेर नक्सा लिन सक्ने : JCNEPAL MEDIA

दलका नेताको अनुपस्थितिमै बस्यो रास्वपा संसदीय दल बैठक : JCNEPAL MEDIA

जनकपुरको ब्लैक एण्ड ह्वाईट डान्सबारमा यौन कार्य गर्न न´मान्दा युवतीलाई निर्घात कुटे, दुई जना पक्राउ : JCNEPAL MEDIA

आयल निगमको महेन्द्रनगर डीपोमा हाकिम रंजित कापडी पम्पसँग घुस लिएर पेट्रोलियममा अनियमिमता गर्दै : JCNEPAL MEDIA