पर्सामा श्रोत नखुलेको १० लाख बढी रकमसहित तीन जना पक्राउ : JCNEPALMEDIA

पुस २०,२०८२/ जेसी नेपाल संवाददाता 

वीरगंज : पर्सा प्रहरीले श्रोत नखुलेको १० लाख २ हजार १० रुपैयाँ रकमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जगरनाथपुर गाउँपालिका–३ गडैयाटोलस्थित सडकखण्डबाट हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा सखुवा प्रसौनी गाउँपालिका–४ देवरवाना निवासी २२ वर्षीय पवन कुमार साह, ३० वर्षीय मुस्ताक अन्सारी, ९ वर्षीय रामपुकार पासवान रहेका छन् । प्रहरीले उनीहरूको साथबाट दश लाख दुई हजार दश रुपैयाँ नगद तथा ना. १६ प ३०२० नम्बरको मोटरसाइकल बरामद गरेको जनाएको छ ।

नियन्त्रणमा लिइएका व्यक्तिहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ क अनुसार ‘हुन्डी सम्बन्धी कारोबार गर्न नहुने’ कसुरमा मुद्दा दर्ता गरिएको छ । पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकले जनाएका छन् ।

प्रहरीका अनुसार बरामद रकमको स्रोत खुल्न नसकेपछि हुन्डी कारोबारको आशङ्कामा पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको हो ।

प्रकाशित : पुस २०,२०८२               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA