बारामा प्रहरीले लागू ओैषध अफिम सहित ३ जनालाई गरे पक्राउ : JCNEPALMEDIA

पुस २४,२०८२/ जेसी नेपाल संवाददाता

बारा : पक्राउ पर्नेहरुमा पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर ७ का ३८ वर्षीय निलेश पटेल कुर्मी,वीरगन्ज महानगरपालिका वडा नम्बर ११ का ३२ वर्षीय जौवाद अहमदर पर्साकै बिन्दावासनी गाँउपालिका वडा नम्बर २ का ४८ वर्षीय शेषनाथ चौरसिया रहेका छन्।

बिहीबार अपरान्ह इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टाेलीले बाराकाे प्रसौनी गाँउपालिका-१ नकटुवास्थित पतञ्जली बाट नकटुवा तर्फ जादै गरेको बीआर ०१ सीएल ६०७९ नम्बरको कारलाई रोकी चेक जाँच गरेको थियाे।

त्यसक्रममा उक्त कारकाे पछाडिको सिट माथी राखिएको कालो प्लष्टिकमा लागू औषध अफिम २ किलो २४ ग्राम भेटिएपछि कारमा रहेका चालकसहित तीनै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रकाशित : पुस २४,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA