नेपाल-भारत बोर्डर ७२ घण्टा बन्द रहने : JCNEPALMEDIA

पुस २५,२०८२/ जेसी नेपाल संवाददाता

रौतहट : नेपाल-भारत बोर्डर ७२ घण्टा बन्द रहने भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा ७२ घण्टाका लागि बन्द गरिने भएको छ। रौतहटको चन्द्रनिगाहपुरमा सोमबार साँझ सम्पन्न नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको बैठकले निर्वाचन अवधिमा सीमा नाकामा कडाइ गर्ने निर्णय गरेको हो।

बैठकमा जनकपुरधाम अन्तर्गतका महोत्तरी, सर्लाही र रौतहट जिल्लाका सुरक्षा अधिकारी तथा भारतको सीतामढी जिल्लाका सुरक्षा अधिकारीहरू सहभागी थिए। बैठकमा प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा छलफल गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले जानकारी दिए। नेपाल वा भारतमध्ये कुनै पनि देशमा निर्वाचन हुँदा सीमा नाका बन्द गर्ने प्रचलनअनुसार नेपालमा हुन लागेको निर्वाचनका लागि ७२ घण्टासम्म सीमा बन्द गर्ने निर्णय गरिएको उनले स्पष्ट पारे।

सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्दका अनुसार बैठकमा सीमा अपराध नियन्त्रण, लागुऔषध नियन्त्रण, भन्सार छलि नियन्त्रण तथा दुवै देशबीच सूचना आदान–प्रदानजस्ता विषयमा समेत छलफल भएको थियो। बैठकमा सर्लाही, महोत्तरी र रौतहटका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखहरूको उपस्थिति रहेको थियो। भारतको तर्फबाट सीतामढी जिल्लाका प्रमुख सुरक्षा अधिकारीहरूको सहभागिता थियो। दुवै देशका सुरक्षा अधिकारीहरूले निर्वाचनका क्रममा सीमा क्षेत्रमा शान्ति सुरक्षा मजबुत बनाउने र अत्यावश्यक बाहेकको आवागमन ७२ घण्टासम्म पूर्ण रूपमा रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाल–भारत सीमामा सुरक्षा समन्वयका लागि यस्ता संयुक्त बैठकहरू नियमित रूपमा आयोजना हुँदै आएका छन्, जसमा दुवै देशका सुरक्षा अधिकारीहरू एक–अर्काको क्षेत्रमा पुगेर समन्वय गर्ने परम्परा रहँदै आएको छ।

प्रकाशित : पुस २५,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA

धनुषा नापी कार्यालयले पनि अपनाए डिजिटल प्रविधि , नक्साको लागि “मेरो कित्ता” प्रणालीमार्फत घरमै बसेर नक्सा लिन सक्ने : JCNEPAL MEDIA

दलका नेताको अनुपस्थितिमै बस्यो रास्वपा संसदीय दल बैठक : JCNEPAL MEDIA

जनकपुरको ब्लैक एण्ड ह्वाईट डान्सबारमा यौन कार्य गर्न न´मान्दा युवतीलाई निर्घात कुटे, दुई जना पक्राउ : JCNEPAL MEDIA

आयल निगमको महेन्द्रनगर डीपोमा हाकिम रंजित कापडी पम्पसँग घुस लिएर पेट्रोलियममा अनियमिमता गर्दै : JCNEPAL MEDIA