निर्वाचन आयोग जोगाउने सशस्त्र प्रहरीका डीएसपी कोइराला सम्मानित : जेन-जी आन्दोलन JCNEPAL MEDIA

 पुस ०९,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : “सशस्त्र प्रहरी बल नेपालको २५ओें स्थापना दिवश (रजत महोत्सब) को “ अवसरमा प्रधान कार्यालय हल्चोक स्वयम्भुमा माघ ९ गते आयोजित प्रभातकालिन विशेष कार्यक्रममा“ तत्कालिन भाद्र २३ र २४ को जेन-जी आन्दोलनमा सम्मानित निर्वाचन आयोग जोगाउने सशस्त्र प्रहरीका तत्कालीन गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश कोइरालालाई संगठनले “बर्ष अधिकृत -२०८२” को रुपमा सम्मान गरी नगद रु २५०००, IG APF COMMENDATION र कदर पत्र प्रदान गरेको छ ।

भदौ २४ गते काठमाडौ‌ महानगरपालिका-२७, कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमाथि तोडफोड र आगजनीको प्रयास भएपछि तत्कालीन गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक सुरेश कोइरालाको कमाण्डमा खटिएको सशस्त्र प्रहरी टोलीले परिस्थिती नियन्त्रणमा लिएको हो। टोलीले- प्रदर्शनकारीलाई आयोगको मुख्य गेटअघि नै रोक्यो, शान्तिपूर्वक सम्झाउने-बुझाउने प्रयास गर्यो, भिड अझै आक्रामक भएपछि नियन्त्रित बल प्रयोग गर्दै भिडलाई तितर-बितर गर्यो, र अन्ततः निर्वाचन आयोगको संरचना, कागजात र सम्पत्ति सुरक्षित राख्न सफल भयो र सो घटनामा एक इन्च पनि आगजनी वा भौतिक क्षति हुन दिएन जुन स्वयं सुरक्षा बलको उच्च पेशागत क्षमता, धैर्यता र संवेदनशीलताको परिणाम हो।

हाल देशमा चुनाबी माहोल भईरहेको बेला निर्वाचन आयोगको सुरक्षा गर्नुलाई महत्वपुर्ण रुपमा लिई निर्वाचन आयोगले पनि तत्कालिन गुल्मपतिलाई सम्मान गरिसकेको छ । निर्वाचन सुरक्षा सशस्त्र प्रहरी बलको प्रमुख दायित्व हो। आगामी निर्वाचनमा पनि सशस्त्र प्रहरीले- सुरक्षित मतदान वातावरण, हुलदंगा नियन्त्रण, असंवैधानिक गतिविधि रोकथाम, मतदान केन्द्र तथा आयोगका सम्पूर्ण संरचनाको सुरक्षालाई प्राथमिकतामा राख्दै व्यावसायिक, संयमित र प्रभावकारी तवरले जिम्मेवारी सम्हाल्ने छ।

आगामी चुनावी चरणमा सुरक्षा संयन्त्रको भूमिकातर्फ निर्देशित महत्वपूर्ण सन्देश पनि बनिरहेको छ। यसअघि निर्वाचन आयोगको सुरक्षामा महत्वपूर्ण भूमिका निर्बाह गरेको भन्दै निर्वाचन आयोगले पनि तत्कालीन गुल्मपतिलाई सम्मान गरिसकेको छ ।

प्रकाशित : पुस ०९,२०८२             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA