मधेस प्रादेशिक ललितकला प्रदर्शनी २०८२ समापन तथा प्रमाणपत्र बितरण समारोह

फाल्गुन०१,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुर धाम : मधेस प्रादेशिक ललितकला प्रदर्शनी २०८२ समापन तथा प्रमाणपत्र बितरण समारोह कार्यक्रम सम्पन्न भएका छन ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र मैथिली विकास कोषको सन्युक्त आयोजन तथा राजर्षी जनक बिश्व बिद्यालय , मधेस प्रज्ञा प्रतिष्ठान र जनकपुरधाम उपमहानगरपालिकाको सहकार्यमा २०८२/१०/२५ देखि २९ गते सम्म जनकपुरधामस्थित मैथिली विकास कोषको मैथिली भवनमा ‘मधेस प्रादेशिक ललितकला प्रदर्शनी २०८२ ’ सम्पन्न भएको छ ।राजर्षीजनक बिश्वबिद्यालयका उपकुलपति प्रा डा अमर प्रसाद यादवज्यु को प्रमुख आतिथ्यमा भएको समापन समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह जि को विशेष आतिथ्य रहेको थियो ।

प्रतिष्ठानका शिल्प–हस्तकला विभाग प्रमुख एवं मधेस प्रदेश समन्वय समिति संयोजक अरुणा हिङमाङको अध्यक्षतामा भएको कार्यक्रममा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, राजर्षी जनक बिश्व बिद्यालय अध्यन अनुसन्धानका निर्देशक आर के साह , मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष राम भरोष कापडी , साहित्यकार रमेश रन्जन झा , साहित्यकार रोशन जनकपुरीको बिशेष उपस्थिति रहेको थियो ।

कार्यक्रम सन्चालन कोषका सदस्य सचिब श्यामसुन्दर सशिले गर्नु भएको थियो । कार्यक्रममा मैथिली विकास कोषका सदस्य नित्यानन्द मण्डल ,नवीन मिश्र , रुबि पाठक लगायत प्रदेशका कलाकार, राजनीतिक दलका प्रतिनिधि, सङ्घसंस्थाका प्रतिनिधि, विद्यार्थी, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

प्रदर्शनीमासहभागी कलाकारहरुलाई प्रमाणपत्र बितरण गरिएको छ ।

प्रकाशित : फालणगुन०१,२०८२          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA