धनुषाकाे कार्यसम्पादन मूल्याङ्कनमा \'जनकपुर उपमहानगरपालिका\' पहिला : JCNEPALMEDIA

फाल्गुन०४,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कनमा धनुषा जिल्लामा जनकपुरधाम उपमहानगरपालिका पहिलो स्थानमा परेको छ।

आयोगका अनुसार जनकपुरधामले ५१.५८ अंक प्राप्त गर्दै जिल्लाका १८ स्थानीय तहमध्ये अग्रस्थान हासिल गरेको हो। गाउँपालिकातर्फ लक्ष्मीनियाँ गाउँपालिका ४९.२ अंकसहित दोस्रो स्थानमा रहँदा बटेश्वर गाउँपालिकाले ४७.८८ अंक प्राप्त गरेको छ। नगरपालिकामध्ये गणेशमान चारनाथ नगरपालिका ४७.९० अंकसहित उत्कृष्ट देखिएको छ। त्यसैगरी विदेह नगरपालिका ४६.२७, शहीदनगर ४२.२५, क्षिरेश्वरनाथ ३९.८५, धनुषाधाम ३९.२२, कमला नगरपालिका ३८.७४, मिथिला बिहारी ३८.१५, मिथिला नगरपालिका ३७.४५, हंसपुर ३५.७६, नगराइन ३५ तथा सबैला नगरपालिका ३४ अंकसहित क्रमशः रहेका छन्।

गाउँपालिकातर्फ जनकनन्दिनी गाउँपालिकाले ४५.९३, मुखियापट्टी मुसहरनिया ४५ तथा औरही गाउँपालिकाले ४०.३४ अंक प्राप्त गरेका छन्। धनौजी गाउँपालिका भने ३२.८१ अंकसहित जिल्लाकै कमजोर कार्यसम्पादन गर्ने स्थानीय तह बनेको छ। आयोगले वित्तीय व्यवस्थापन, सेवा प्रवाह, योजना कार्यान्वयनलगायत विभिन्न सूचकका आधारमा स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन गरी नतिजा सार्वजनिक गरेको जनाएको छ।

प्रकाशित : फाल्गुन ०४,२०८२             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA