रेडक्रस सोसाइटी,धनुषा शाखाद्वारा सदस्यता वितरणमा भेदभाव गरेको आरोप : JCNEPAL MEDIA

चैत १३,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुर : रेडक्रस सोसाइटी,धनुषा शाखाद्वारा सदस्यता वितरणमा भेदभाव गरेको आरोप लगाएका छन ।

केन्द्रीय कार्यालयले चैत २४ गते सम्म सदस्यता उपलब्ध गराई दर्ता गर्ने निर्देशन भएता पनि उपलब्ध नगराएको आरोप रहेको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले साधारण सदस्यता वितरण गर्न देशभर रहेका आफ्नो मातहतका शाखालाई निर्देशन दिएका छन ।

तर, सो निर्देशनसहितको परिपत्रलाई बेवास्ता गर्दै नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाले सदस्यता वितरणको आदेशको समेत उल्लंघन गरेको भन्दै सोसाइटीको केन्द्रीय कार्यालयलाई जिल्ला प्रशासन कार्यालय धनुषामार्फत ज्ञापन-पत्र बुझाउँदै शाखा विघटनको माग गरेको छ ।

धनुषा शाखाले केन्द्रीय कार्यालयको आदेशको उल्लंघन गरी पटकपटक सदस्यताका लागि भेदभाव गरेको हुनाले अविलम्ब विघटन गर्न रामसिंह यादवलगायत धीरेन्द्र मोहन झा, रामचन्द्र शाह, मोहन उपाध्याय र रामबाबु शाहले सो ज्ञापन- पत्र बुझाएका छन् ।

सोसाइटी धनुषा शाखाले पटक– पटक केन्द्रको आदेश उल्लंघन गरेको, प्रदेश सरकारको प्रतिवेदनबाट आर्थिक घोटाला राजस्व छलेको, सदस्यता शुल्क अनियमितता गरेको र आफ्नो मान्छेलाई शुल्क फारम नभराइ झुठा रेकर्ड बनाउन लागेकोले छानबिन गर्नुपर्ने, उपशाखाहरुलाई सदस्यता सम्बन्धी रेकर्ड नदिएको उपशाखाहरुको रेकर्ड दुरुस्ट नराखेको, हालसम्मको रेकर्ड जाली भए पनि उपलब्ध गराउन नचाहेको, हामीहरु आज जाँदा ४ घन्टासम्म फारम पनि नदिएको लगायतको आरोप यस धनुषा शाखामाथि आरोप लगाउँदै रामसिंह यादवले माग गरेका छन् ।

रेडक्रसको मान्यता विपरीत हुँदा अविलम्ब बर्खास्त गरी तदर्थ कमिटी गठन गरी निष्पक्षता कायम गर्नका लागि धीरेन्द्र मोहन झाले बताए ।

प्रकाशित : चैत १३,२०८२          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA