अमेरिकामा नेपाली नयाँ बर्ष अप्रील १४ मा प्रत्येक बर्ष मनाउने आज आधिकारिक घोषणा : विजय कुमार चौधरी

बैशाख ०२ ,२०८३ / जेसी नेपाल संवाददाता

अप्रिल १५, २०२६

क्यालिफोर्निया राज्य अमेरिका : अमेरिकामा नेपाली नयाँ बर्ष अप्रील १४ मा प्रत्येक बर्ष मनाउने आज आधिकारिक रूपमा घोषणा गरिएको छ ।

अमेरिकाको क्यालिफोर्निया राज्य स्थित रहेको यी प्रसीद्ध ठूला शहरहरू स्यानफ्रान्सिस्को सीटी,रिचमण्ड सीटी, सान्टा-क्लारा सीटी र हर्कुलेस सीटीहरूले आज छुट्टाछुट्टै रूपमा आ-आफ्नो नगर परिषदबाट एक समारोहका बीच प्रवासी नेपाली समुदायप्रति सम्मान प्रकट गर्दै नेपाली नयाँ वर्षलाई औपचारिक रूपमा प्रत्येक बर्ष मनाउने मान्यता दिएको घोषणा गरेको छ।

सान फ्रान्सीस्को सहरका मेयर Daniel Lurie ले जारी गरेको एक औपचारिक घोषणा (Proclamation) मार्फत अप्रिल १४, २०२६ लाई “नेपाली नयाँ वर्ष” का रूपमा घोषणा गरिएको हो। त्यसै गरी सान्टा-क्लारा सीटीकी मेयर Lisa M. Gillmor,रिचमण्ड सीटीका मेयर Eduardo Martinez र हर्कुलेस सीटीका मेयर CHRIS KELLEY समेतले लिखित रूपमा नै आ-आफ्नो शहरको तर्फबाट Proclamation मार्फत जनाइएको छ।

जारी घोषणा-पत्रमा नेपाली नयाँ वर्ष (बैशाख १) लाई नविनता, कृतज्ञता र सांस्कृतिक उत्सवको प्रतीकका रूपमा उल्लेख गरिएको छ। साथै, बिस्केट जात्रा, नववर्ष उत्सवजस्ता परम्परागत गतिविधिहरूले समुदायबीच एकता, खुशी र सांस्कृतिक पहिचानलाई सुदृढ बनाउने उल्लेख गरिएको छ। घोषणा-पत्रहमा दक्षिणी क्यालिफोर्नियाको “ स्यान फ्रान्सिस्को बे-एरियामा बसोबास गर्ने प्रवासी नेपाली समुदायले सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गरिएको छ।” उद्यमशीलता, पेशागत उपलब्धि, सामाजिक सहभागिता र सिर्जनात्मक योगदानमार्फत नेपाली समुदायले सहरको विविधता र समृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।

त्यसैगरी, स्यान फ्रान्सिस्कोमा हरेक वर्ष आयोजना हुने नेपाल डे परेडले नेपाली संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ। यसले सयौं सहभागी र दर्शकलाई आकर्षित गर्दै सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिएको छ। यी चार वटै शहरका मेयर हरूले “ सानफ्रान्सिस्को,सान्टा-क्लारा,रिचमण्ड र हर्कुलेस सहरहरूलाई समावेशी र विविधतायुक्त बनाउने नेपाली समुदायको योगदानलाई सम्मान गर्दै यो घोषणा गरेका हुन्।

यो कदमलाई नेपाली डायस्पोराका लागि गौरवपूर्ण उपलब्धि रहेको कुरा क्यालिफोर्निया राज्यका निवर्तमान् पर्यटनदुत विजय कुमार चौधरी बताउनु हुन्छ। यो उपलब्धीको लागि विगत एक दशकदेखि न्यान्स(NANC) लगायत विभिन्न नेपाली संघसंस्थाहरू संयुक्त्त रूपमा नै आवाज उठाउंदै आइरहेको थियो। आज बल्ल हाम्रो अभियानले सार्थकता पाएको कुरा NANC अध्यक्ष प्रितेश कार्की,एनआरएनए क्यालिफोर्निया च्याप्टरका सभापति कुल प्रसाद ढकाल र पूर्वअध्यक्ष हरि ओझा समेतको भनाई रहेको छ।समग्रमा यसको श्रेय सबै बे-एरिया बासीलाई नै जान्छ।

अब ,यस किसीमको राम्रो कार्यको थाल्नी क्यालिफोर्निया राज्यमा मात्रै नभई अमेरिकाको प्रत्येक राज्यको प्रत्येक शहरमा नेपालको राष्ट्रिय झण्डा फहराउंदै, हाम्रा कला, संस्कृति र भेषभूषा फैलिदै जायोस, जहां प्रवासी नेपालीहरूको बाक्लो बसाई रहेको छ, त्यहां नेपाललाई विश्वसामु चिनाउने प्रयतन गर्दै जाऊं,नवबर्ष २०८३ को आफ्नो शुभकामनाको रूपमा हर्कुलेश सीटी काउनसील सदस्य एवम् वेटींग मेयर डिल्ली भट्टराईले यी विचार व्यक्त्त गर्नु भएको छ।

प्रकाशित : बैशाख ०२ ,२०८३           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

जनकपुर भित्र अधिकान्स ट्रान्सफर्मर बिरामी, जनता पसिनाले लाेतपाेत र कार्यालय प्रमुख AC मा आराम गर्दै : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA