गृहमन्त्री प्रकरणमा उच्चस्तरीय छानवीन गर्न कांग्रेसको माग : JCNEPALMEDIA

बैशाख ०७,२०८३ / जेसी नेपाल संवाददाता

काठमाडौं : नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित पछिल्लो प्रकरणको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग गरेको छ। पार्टी प्रवक्ता देवराज चालीसेद्वारा जारी विज्ञप्तिमा गृहमन्त्री पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुन सक्ने उल्लेख गर्दै निष्पक्ष र प्रभावरहित छानबिनका लागि आवश्यक वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ।

“नैतिकता र स्वच्छताको राजनीतिलाई संस्थागत गर्ने हाम्रो प्रयास कुनै व्यक्ति वा दल विशेष लक्षित नभई समग्र राजनीतिक संस्कार सुधारतर्फ उन्मुख छ,” विज्ञप्तिमा भनिएको छ। कांग्रेसले यस विषयमा ढिलासुस्ती वा ढाकछोप गर्ने प्रयास भए सुशासन र जनविश्वासमा गम्भीर आघात पुग्ने चेतावनी दिएको छ। साथै, तत्काल उच्चस्तरीय छानबिन थाल्न सरकारसँग आग्रह गरेको छ।

विवादस्पद व्यवसायी दीपक भट्टसँग व्यापारिक साझेदारी देखिएको विषय सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ विवादमा तानिएका छन्, जसले राजनीतिक वृत्तमा व्यापक बहस सिर्जना गरेको छ।

प्रकाशित : बैशाख ०७,२०८३            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA