धनुषा रास्वपा सभापति लक्ष्मेशवर यादव विवादमा तानिए, २४ घण्टे स्पष्टीकरणकाे माग : JCNEPALMEDIA

जेष्ठ १७,२०८३ / जेसी नेपाल संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय अनुशासन आयोगले धनुषा जिल्ला सभापति लक्षमेश्वर यादवसँग २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख समकाल सिग्देल द्वारा जारी पत्रमा चारनाथ नगरपालिका पार्टी अधिवेशनका क्रममा उच्छृंखल गतिविधि भएको, गुण्डा प्रयोग गरिएको, ज्यान मार्ने तथा लास गायब पार्ने धम्की दिएको, आर्थिक अपचलन गरेको, जिल्लाको अधिवेशन एकतर्फी गरेको तथा विभिन्न नगर अधिवेशनमा हस्तक्षेप गरेको लगायतका गम्भीर आरोपहरू प्राप्त भएको उल्लेख गरिएको छ।

पत्रअनुसार चारनाथ नगरपालिकाको पार्टी अधिवेशन कार्यक्रममा विवाद सिर्जना भएको र त्यस सम्बन्धमा विभिन्न उजुरी केन्द्रीय अनुशासन आयोगमा परेको जनाइएको छ।

उजुरीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन आवश्यक भएकाले आरोपित विषयमा २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न लक्ष्मेश यादवलाई निर्देशन दिइएको हो। जेष्ठ १६ गते जारी गरिएको उक्त पत्रको बोधार्थ पार्टीका महामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटी र मधेश प्रदेश कार्यसमितिलाई समेत दिइएको छ।

रास्वपाले पछिल्लो समय संगठन विस्तार र अधिवेशन प्रक्रियालाई तीव्र बनाइरहेका बेला धनुषामा देखिएको यो विवादले पार्टीभित्रको आन्तरिक असन्तुष्टि सतहमा आएको चर्चा सुरु भएको छ। आरोपबारे लक्षमेश्वर यादवको धारणा भने सार्वजनिक भइसकेको छैन।

प्रकाशित : जेष्ठ १७, २०८३            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

जनकपुर भित्र अधिकान्स ट्रान्सफर्मर बिरामी, जनता पसिनाले लाेतपाेत र कार्यालय प्रमुख AC मा आराम गर्दै : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA