सिरहाको रास्वपा जिल्ला अधिवेशनमा कुटाकुट, नेतृत्व चयन प्रक्रिया स्थगित : JCNEPALMEDIA

जेष्ठ २५,२०८३ / जेसी नेपाल संवाददाता

सिरहा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिरहा जिल्ला अधिवेशनमा नेतृत्व चयनको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ। सोमबार दिउँसो जिरोमाइलस्थित अधिवेशनस्थलमा भएको झडपमा र्‍यापिड एक्सन टिम (आरएटी) का जिल्ला प्रमुख दिनेश थापा सहित केही कार्यकर्ता घाइते भएका छन्।

जिल्ला कार्यसमितिको नेतृत्व चयनलाई लिएर लामो समयदेखि देखिएको विवाद अधिवेशनका क्रममा चर्किएपछि कार्यकर्ताबीच हात हालाहालको अवस्था सिर्जना भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। घटनापछि अधिवेशनस्थल केही समय तनावग्रस्त बनेको थियो। जिल्ला सभापति पदका आकांक्षी सुभाष यादव, रामसोगारथ यादव र वर्तमान जिल्ला सभापति हरि मैनाली बीच नेतृत्व चयनको प्रक्रियालाई लिएर मतभेद देखिएको थियो।

रामसोगारथ यादवले आफूलाई सर्वसम्मत रूपमा सभापति चयन गर्नुपर्ने अडान राख्दै आएका थिए भने सुभाष यादव र हरि मैनाली पक्षले निर्वाचनमार्फत नेतृत्व चयन हुनुपर्ने माग गर्दै आएका थिए। यही विषयमा विवाद बढ्दै जाँदा कार्यकर्ताबीच झडप भएको बताइएको छ। अधिवेशनमा उत्पन्न विवादका कारण पार्टीको केन्द्रीय निर्वाचन आयोगले नेतृत्व चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ।

आयोगका प्रमुख भुवन केसी ले जारी गरेको विज्ञप्तिअनुसार जिल्ला नेतृत्व चयन प्रक्रिया मंगलबार बिहान ९ बजेसम्मका लागि स्थगित गरिएको छ। विज्ञप्तिमा मंगलबारदेखि पुनः निर्वाचन प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ। पार्टीले घटनाबारे थप जानकारी संकलन गरिरहेको जनाएको छ।

प्रकाशित : जेष्ठ २५, २०८३         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

गृहमन्त्रीविहीन अवस्थामा प्रहरी सरुवामा नियमावली मिचेर एसएसपी–एसपी हेरफेर : JCNEPALMEDIA

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA