पाकिस्तान टी-२० विश्वकपको सेमिफाइनलमा

काठमाडौं । पूर्वविजेता पाकिस्तान अस्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकपको सेमिफाइनल पुग्न सफल भएको छ। सुपर-१२ को आफ्नो अन्तिम खेलमा बङ्गलादेशलाई ५ विकेटले पराजित गर्दै पाकिस्तान अन्तिम चारमा पुगेको हो । समूह विजेता र उप-विजेताको टुंगो भारतले जिम्बावेसँग खेलेपछि लाग्नेछ ।समूह-२ मा ५ खेलबाट ६ अंक जोडेको पाकिस्तान समान अंक भएको भारतलाई नेट रनरेटमा पछाडि पारेर शीर्षस्थानमा छ। अर्को समूहबाट न्युजिल्यान्ड विजेता र इङ्गल्यान्ड उप-विजेताका रूपमा सेमिफाइनलमा पुगेका छन् ।

आइतबार भएको खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई पराजित गरेपछि पाकिस्तान र बङ्गलादेश दुवैको सम्भावना देखिएको थियो ।
टस जितेर ब्याटिङ थालेको बङ्गलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ज्१२७ रन जोड्यो ।बङ्गलादेशका नाजमुल होसेन सान्तोले ५४, अफिफ होसेनले २४ र सौम्य सरकारले २० रन बनाए । सकिब अल हसनले खाता खोल्न सकेनन् । पाकिस्तानका साहिन शाह अफ्रिदीले चार र सदाब खानले दुई विकेट लिए । ह्यारिस रौफ र इफ्तिखर अहमदले एकएक विकेट हात पारे ।कुनै समय ७३ रन जोड्दा एक विकेटमात्र गुमाएको बङ्गलादेश सदाबले लगातार बलमा दुई विकेट लिएपछि एकाएक दबाबमा आएको थियो । पाकिस्तानले १८ ओभर १ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । पाकिस्तानका मोहम्मद ह्यारिसले ३१, मोहम्मद रिजवानले ३२ र बाबर आजमले २५ रन बनाए । शान मसुदले अविजित २४ रन बनाए ।साभार : नेपाल प्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA