नेहा चौधरी घटनाको छानबिन गर्न मधेशी आयोगद्वारा प्रहरी प्रधान कार्यालयलाई पत्राचार

काठमाडौं । महोत्तरीको औरही निवासी नेहा चौधरीको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई तुरुन्त कानूनीको दायरामा ल्याउन भन्दै मधेशी आयोगले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ ।आयोगले उजुरी प्राप्त गरेपछि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्दै घटनामा के कसो भएको हो ? छानविन गरी दोषीलाई कानुनी दायरामा ल्याउन कारवाहीको प्रक्रिया अगाडी बढाउन र त्यसको बारेमा आयोगलाई पनि जानकारी गराउन निर्देशन दिएको हो ।करिब ८ महिना पहिले महोत्तरीको रामगोपालपुर घर भएको डा.पंकज चौधरीसंग विवाह गरेकी नेहा चौधरीलाई दाइजोका नाममा श्रीमान र ससुराली पक्षले शारीरिक तथा मानसिक यातना दिएको आयोगमा उजुरी परेको छ । उक्त घटना सामाजिक संजालमा सार्वजनिक भएपछी नेहा माथि भएको अत्याचारको चर्को विरोध भइरहेको छ ।

तराई-मधेशमा दाइजोले गर्दा घरेलु हिँसाको समस्या यथावत रहेको र आयोगमा त्यस संग सम्बन्धित विभिन्न उजुरी आउने गरेको र ति समस्याप्रति आयोग गम्भीर रहेको आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले नेपाल प्रेससँग बताए । उनले सोचमा परिवर्तन र चेतनाको स्तर वृद्धि नभए सम्म यस्ता समस्याले समाजमा कैयो चेलीबेटी यातनाको शिकार बन्ने कुरा डरलाग्दो रहेकोसमेत बताए ।प्रहरी प्रधान कार्यालयका अनुसार नेहा चौधरीले केहि समय पहिले नै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्दमा जानकारी गराएकी थिइन् ।केन्द्रमा पीडित र पीडकविच छलफल गराइएको थियो । तर, टुंगो नलागेपछि आफुमाथी घरेलु हिंसा भएको भन्दै उनले उजुरी गरेको नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायव महानिरीक्षक ‘डीआईजीपी’ टेकप्रसाद राईले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार पीडित महिलाले अदालतमा मानापाथी तथा अंश बण्डाको मुद्धा हालेको र पीडकले सम्बन्ध विच्छेदको मुद्धा अदालतमा दर्ता गराइसकेको छन् ।घरेलु हिंसा विरुद्धको उजुरी परेपछि पीडकलाई २ दिन हिरासतमा राखेर छोडिएको र उच्च प्राथमिकताका साथ अनुसन्धान भइरहेको डीआईजीपी राईले बताए । मधेशी आयोगले पत्राचार गरेको भए पनि अहिलेसम्म कुनै पनि निकायबाट औपचारिक पत्र नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

साभार : नेपाल प्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA

धनुषा नापी कार्यालयले पनि अपनाए डिजिटल प्रविधि , नक्साको लागि “मेरो कित्ता” प्रणालीमार्फत घरमै बसेर नक्सा लिन सक्ने : JCNEPAL MEDIA

दलका नेताको अनुपस्थितिमै बस्यो रास्वपा संसदीय दल बैठक : JCNEPAL MEDIA

जनकपुरको ब्लैक एण्ड ह्वाईट डान्सबारमा यौन कार्य गर्न न´मान्दा युवतीलाई निर्घात कुटे, दुई जना पक्राउ : JCNEPAL MEDIA

आयल निगमको महेन्द्रनगर डीपोमा हाकिम रंजित कापडी पम्पसँग घुस लिएर पेट्रोलियममा अनियमिमता गर्दै : JCNEPAL MEDIA