वाजपेयी बन्दै पंकज

काठमाडौं । अभिनेता पंकज त्रिपाठीले पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको भूमिका निर्वाह गर्ने भएका छन् । अटल बिहारी वाजपेयीको बायोपिकको शुक्रबार घोषणा गरिएको छ । चलचित्रको नाम ‘मै रहुन या न रहुनु ये देश रहना चाहिये अटल’ राखिएको छ ।उत्कर्ष नैठानीले लेखेको यो फिल्मलाई रवि जाधवले निर्देशन गर्दैछन् । रवि जाधव तीन पटक राष्ट्रिय पुरस्कार विजेता निर्देशक भइसकेका छन् । फिल्म भारतीय जनता पार्टीका संस्थापक र पार्टीका एक वरिष्ठ नेता अटल बिहारी वाजपेयीको जीवनको वरिपरि घुम्छ।पंकज त्रिपाठीले भने, ‘भारत एउटा जमिनको टुक्रा होइन, यो एक जीवित राष्ट्र हो, म यो आफ्नो सौभाग्य ठान्छु कि मैले यी पङ्क्तिहरू लेख्ने महान नेता श्री अटल बिहारी वाजपेयी जीको भूमिकालाई महसुस गर्ने मौका पाइरहेको छु, ठूलो पर्दामा। अटल चाँडै ।’पंकज त्रिपाठीले बहुआयामिक व्यक्तित्व भएका नेता वाजपेयीको भूमिका निर्वाह गर्न पाउँदा आफूलाई सम्मानित भएको बताए ।साभार : रातोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA