कतार विश्वकपकै पहिलो ह्याट्रिक गर्ने रामोस भन्छन् : सपनामा पनि सोचेको थिइनँ

२१ मंसिर, काठमाडौं । पोर्चुगलका गोन्सालो रामोस विश्वकपको अन्तिम १६ अन्तर्गत स्वीट्जरल्याण्डविरुद्धको खेलमा पहिलो रोजाईँमा परेपछि अरु जस्तै आश्चर्यमा थिए ।स्वीट्जरल्याण्डलाई ६-१ ले पराजित गर्दा उनै रामोसले ह्याट्रिक गरे । जुन उनी आफैँले कल्पना गरेभन्दा बाहिरको थियो ।विश्वकपमा उनले पहिलो पटक पहिलो रोजाईँमा खेलेका थिए । तर पोर्चुगललाई सन् २००६ पछि विश्वकपको क्वाटरफाइनलम पुर्‍याउने क्रमम उनले सनसनी प्रदर्शन गर्दा ह्याट्रिक गर्नुका साथै एक असिस्ट समेत गरे ।प्रशिक्षक फर्नान्डो सान्तोसले अट्याकमा क्रिस्टियानो रोनाल्डोलाई बेञ्चमा राख्दै उनको स्थानमा रामोसले खेलाउने भएपछि २१ वर्षीय रामोसले खेलअघि नै हेडलाइनमा छाइसकेका थिए । कतार विश्वकपकै ठूलो कथा बन्ने क्रमममा यी युवालाई धेरै समय लागेन ।

‘मैले मेरो सपनामा पनि म नकआउट चरणको पहिलो रोजाईँमा पर्छु भनेर सोचेको थिइँन’, रामोसले मुस्कुराउँदै भने ।खेलअघि रोनाल्डोले खेलअघि रोनाल्डो बेञ्चमा बस्ने बारे केही कुरा नभएको  बताए ।  ‘साँच्ची भन्दा हाम्रो टिममा यस बारे कसैले केही भनेका थिएनन् । क्रिस्टियानो हाम्रो कप्तान हुन् । सधैँ जस्तै उनी हामीलाई सहयोग गर्छन् र उत्साह दिन्छन् । मलाई मात्र होइन टिममेटलाई पनि उही गर्छन् ।’ रामोसले पोर्चुगलको सिनियर टिममा खेल्न थालेको धेरै भएको छैन । उनले विश्वकपअघिको वार्मअप खेलमा पोर्चुगलले नाइजेरियालाई ४-० ले हराउँदा डेब्यु गरेका थिए ।

विश्वकपको समूह चरणमा तीन मध्ये दुई खेलमा वैकल्पिक खेलाडीको रुपमा जम्मा १० मिनेट खेलेका थिए ।

स्वीट्जरल्याण्ड विरुद्ध तीन गोल गरेपछि रामोस विश्वकपमा पहिलो रोजाईँमा खेलेको पहिलो खेलमै ह्याट्रिक गर्ने २० वर्ष यताकै पहिलो खेलाडी बने । यसअघि सन् २००२ मा जर्मनीका मिरोस्लाभ क्लोजले साउदी अरेबिया विरुद्ध यस्तै उपलब्धि हासिल गरेका थिए ।रामोसले स्वीट्जरल्याण्ड विरुद्ध खेलको १५ औं मिनेटमै पहिलो गोल गर्दै खाता खोलेका थिए । ५१औं मिनेटमा दोस्रो गोल गरेका उनले ६७ औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । रामोसले गोल गर्दा स्वीट्जरल्याण्डका गोलकिपर यान सोमेर पनि नतमस्तक बनेका थिए ।रामोसले शनिबार हुने मोरक्को विरुद्धको क्वाटरफाइनलमा आफूले पहिलो रोजाईँमा खेल्नेछु भन्न अहिले हतार हुने बताए । रोलमोडलको बारेमा सोधिएको प्रश्नमा रामोसले भने, ‘क्रिस्टियानो रोनाल्डो एक हुन्, रोवर्ट लेवान्डोस्की र जाल्टन इब्राहिमोभिच पनि हुन् ।’ उनीहरुको खेल रामोसले राम्रोसँग नियालिरहेका छन् ।साभार : अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA

धनुषा नापी कार्यालयले पनि अपनाए डिजिटल प्रविधि , नक्साको लागि “मेरो कित्ता” प्रणालीमार्फत घरमै बसेर नक्सा लिन सक्ने : JCNEPAL MEDIA

दलका नेताको अनुपस्थितिमै बस्यो रास्वपा संसदीय दल बैठक : JCNEPAL MEDIA

जनकपुरको ब्लैक एण्ड ह्वाईट डान्सबारमा यौन कार्य गर्न न´मान्दा युवतीलाई निर्घात कुटे, दुई जना पक्राउ : JCNEPAL MEDIA

आयल निगमको महेन्द्रनगर डीपोमा हाकिम रंजित कापडी पम्पसँग घुस लिएर पेट्रोलियममा अनियमिमता गर्दै : JCNEPAL MEDIA