सांसदको सपथ लिएसँगै सिके राउतको एक्सन, काटे पाँच निकायलाई पत्र

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रतिनिधिसभा सदस्यको शपथ लिएलगत्तै शिक्षा, स्वास्थ्य, कृषि लगायतका समस्या समाधान गर्न पाँच निकायलाई पत्र काटेका छन् ।

सप्तरी २ बाट निर्वाचित डा. राउतले सप्तरीमा साक्षरता कार्यक्रम संचालन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई, सगरमाथा अञ्चल अस्पतालको सुधार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई र राजविराजमा हवाई उडान बढाउन र नियमित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र काटेका हुन् ।

यस्तै, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रलाई प्रभावकारी तरीकाले सुचारू गर्न उद्योग तथा वाणिज्य मन्त्रालयलाई र किसानको लागि थप मलखाद उपलब्ध गराउन कृषि सामग्री कम्पनी लिमिटेडलाई पनि सांसद राउतले पत्र काटेको उनको सचिवालय फेसबुक पेजमा उल्लेख छ ।

उनले जनताको माग पुरा गराउन सडक, सदन र सरकार तीनवटै मोर्चाबाट संघर्ष जारी राख्ने प्रतिबद्धता समेत जनाएका छन् ।साभार : नेपाल प्रेस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA

हेडक्वार्टरले बदल्यो निर्णय, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा सुरेश काफ्ले : JCNEPALMEDIA

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, पाँच नयाँ मन्त्री नियुक्त : JCNEPALMEDIA

शुल्क विवादको बहानामा प्रहरी हिरासतभित्र इप्रका प्रमुखले गरे कुटपिट : सर्लाही JCNEPALMEDIA