प्रधानमन्त्री र अध्यक्ष नेपालबीच भेटवार्ता : सरकारमा सहभागी गराउने प्रयास

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)लगायतका दलहरुलाई सरकारमा सामेल गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रयास गर्नुभएको छ ।यसअघिको वाम लोकतान्त्रिक गठबन्धनमा सहभागी रहेका नेकपा (एकीकृत समाजवादी)लगायतका दलहरुलाई सरकारमा सामेल गराउन प्रधानमन्त्री प्रचण्डले प्रयास गर्नुभएको हाे ।सरकारमा सहभागी गराउन आज बुधबार बिहान प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ । विशेष स्रोतका अनुसार ललितपुरमा बिहान भएको भेटमा एकीकृत समाजवादीलगायतका दलहरुलाई सरकारमा सामेल गराउने विषयमा दुई अध्यक्षबीच छलफल भएको छ ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले कांग्रेस नेतृत्वको बाम लोकतान्त्रिक गठबन्धन तोडेर नेकपा (एमाले)सहित सात दल, तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा पुस १० गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । सोही दिन उहाँले आठ सदस्यीय मन्त्रिमण्डल विस्तार गर्नुभएको थियो ।नेकपा (एकीकृत समाजवादी)लाई पनि सरकारमा सामेल गर्न सके सो दलका १० सांसदसहित प्रधानमन्त्री प्रचण्डलाई १७९ सांसदको समर्थन हुनेछ ।साभार : गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषा प्रहरीले यतायात कार्यालयबाट पाँच जना विचाैलिया गरे पक्राउ : JCNEPAL MEDIA

अमिशा माथि भएको “साइबर हमलामा उजुरीपछि रौतहटबाट युवक पक्राउ, सामाजिक सञ्जाल नियमन गर्न ब्यूराे एक्शनमा : JCNEPAL MEDIA

धनुषा नापी कार्यालयले पनि अपनाए डिजिटल प्रविधि , नक्साको लागि “मेरो कित्ता” प्रणालीमार्फत घरमै बसेर नक्सा लिन सक्ने : JCNEPAL MEDIA

दलका नेताको अनुपस्थितिमै बस्यो रास्वपा संसदीय दल बैठक : JCNEPAL MEDIA

जनकपुरको ब्लैक एण्ड ह्वाईट डान्सबारमा यौन कार्य गर्न न´मान्दा युवतीलाई निर्घात कुटे, दुई जना पक्राउ : JCNEPAL MEDIA

आयल निगमको महेन्द्रनगर डीपोमा हाकिम रंजित कापडी पम्पसँग घुस लिएर पेट्रोलियममा अनियमिमता गर्दै : JCNEPAL MEDIA