तनहुँ जिल्ला अदालतले पल शाहलाई दिए सफाइ - JC NEPAL MEDIA

माघ ३,२०७९ जेसी नेपाल संवाददाता

तनहुँ : नाबालिगलाई जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागार दमौलीमा थुनामा रहेका अभिनेता पल (पूर्णविक्रम) शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा मंगलबार भएको बहसपछि शाहलाई अदालतले सफाइ दिएको अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले बताए । उनका अनुसार शाहविरुद्धको सुनुवाइमा अभियोग दाबी नपुगेकोले अदालतले फैसला सुनाएको हो । फैसलाउपर चित्त नबुझे पीडित पक्षलाई पुनरावेदन जाने छुट रहेको उनले बताए । शाहविरुद्धको मुद्दाको अन्तिम सुनुवाइमा वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, परशुराम गिरी, कृष्णबहादुर थापा र अधिवक्ता भानुभक्त सुवेदीले बहस गरेका थिए । सोही प्रकृतिको मुद्दा नवलपुरमा दर्ता भएकोमा नवलपुर अदालतले शाहविरुद्ध गत भदौ २१ गते २ वर्ष ६ महिना कैद फैसला सुनाएको थियो । सोही फैसला अनुसार शाह तनहुँ कारागारमै रहने श्रेस्तेदार कुँवरले बताए । नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध गत फागुन ११ गते तनहुँ प्रहरी कार्यलयमा उजुरी परेको थियो । शाहले फागुन १५ गते प्रहरी कार्यालयमा आफैं सम्पर्कमा पुगेका थिए । शाहलाई जिल्ला अदालत तनहुँले गत चैत १० गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

प्रकाशित : माघ ३,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA