मधेश प्रदेशसभाको सभामुखमा रामचन्द्र मण्डल निर्वाचित - JC NEPAL MEDIA

माघ ३,२०७९ जेसी नेपाल संवाददाता

जनकपुरधाम : मधेश प्रदेश सरकारको प्रदेशसभाको सभामुखमा एमाले पार्टीका सांसद रामचन्द्र मण्डल निर्वाचित भएका छन् । आज दिउँसो भएको सभामुख निर्वाचनमा एमालेबाट लडेका सांसद रामचन्द्र मण्डल र काँग्रेसबाट लडेका सांसद जँगीलाल रायबीच प्रतिष्पर्धा भएको थियो । उनीहरु पुस ३० गते उम्मेदवारी दर्ता गराएका थिए । पूर्वमन्त्री समेत रहेका प्रदेशका भरत प्रसाद साहले पेश गरेको प्रस्तावमा जनता समाजवादी पार्टी (जसपा)का राम अशिष यादव, जनमत पार्टीका संसदीय दलका नेता एवम् सांसद महेश प्रसाद यादव, एमालेका सांसद एवम् प्रदेशका मन्त्री सरोज कुमार यादव, सांसद रानी तिवारी, काँग्रेसका रामसरोज यादव लगायतकाहरुले विचार र मत राखेका थिए । काँग्रेको तर्फबाट जंगीलाल रायको लागि कुमरकान्त झाले पेश गरेको प्रस्तावमाथि संयुक्त रुपमा संक्षिप्त छलफल हुने र मतविभाजन प्रक्रियाबाट निर्णय हुँदा एमालेका रामचन्द्र मण्डलले ७४ मत प्राप्त गरे भने काँग्रेसका जंगीलाल रायले २९ मत प्राप्त गरे । प्रदेश सभामा उपस्थिति जनाएका १०३ सांसदहरुले मतदान गरेका थिए, जस्मा भरत प्रसाद साहले गरेको रामचन्द्र मण्डल सभामुख प्रस्तावमा हुन्छमा ७४ जना र हुँदैनमा २९ मत परेको थियो । १०५ को बहुमत पाउन ५३ मत आवश्यक रहेकोमा ७४ मत प्राप्त गरी बहुमतले सभामुखमा निर्वाचित भएका छन् ।

प्रकाशित : माघ ३,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब : JCNEPALMEDIA

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA