स्रोत नखुलेको २२ लाख ५० हजार नगद सहित दुई जना पक्राउ : पर्सा - JC NEPAL MEDIA

माघ ६,२०७९ जेसी नेपाल संवाददाता

वीरगञ्ज : जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको २२ लदाख ५० हजार नगदसहित २ जनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको चेकिङ टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरमा चेकजाँच गर्दा २ जनालाई पक्राउ गरेको हो । घण्टाघर सडक खण्डमा बिआर ०५ ए ई ९३४३ नम्बरको स्कुटरमा सवार २ जनालाई शंकाको आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट स्रोत नखुलेको २२ लाख ५० हजार नगद फेला परेको पर्सा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक गिरीका अनुसार पैसासहित वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवा निवासी ३४ वर्षीय विकाश कुमार साह र वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ ईनर्वा मनियारी निवासी १९ वर्षीय सुवास कुमार साह पक्राउ परेका छन् ।

उनीहरुले प्रयोग गरेको २ थान मोवाइलसहित स्कुटी नियन्त्रण्मा लिई वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिमको कसूरमा आवश्यक अनुसन्धान भइरहेको डिएसपी गिरीले जानकरी दिए ।

पर्सा प्रहरीले यसअघि पुष २५ गते स्रोत नखुलेको करिव १२ लाख रुपैयाँसहित वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौँ निवासी १९ वर्षीय राजनकुमार साह पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षमा हालसम्म ७ जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिसकेको छ । पक्राउ परेकामध्ये एक जना भारतीय नागरिक पनि छन् ।

पक्राउ परेकाहरुबाट हालसम्म ९५ लाख ९८ हजार रुपैयाँ बरामद जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । गत आर्थिक वर्षमा प्रहरीले २२ जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको थियो । तीमध्ये १० जना नेपाली र १२ जना भारतीय नागरिक थिए । उनीहरुको साथबाट १ करोड ६५ लाख रुपैयाँ बरामद भएको पर्सा प्रहरीको तथ्यांकले देखाएको छ ।

प्रकाशित : माघ ६,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA