पेट्रोलियम पदार्थ बोत्तल,जार लगायत भाँडामा बेचे कारबाही - JC NEPAL MEDIA

माघ ११,२०७९ जेसी नेपाल संवाददाता

काठमाडौं : नेपाल प्रहरीले जर्किन‚ बोत्तल लगायत भाँडामा पेट्रोलियम पदार्थ बिक्रीवितरण नगर्न आग्रह गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार राति सूचना जारी गरी खुलारूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न आग्रह गरेको हो। सूचना विपरीत पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानून कारबाही हुने प्रहरीले चेतावनी दिएको छ। खुला रुपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवं भौतिक क्षतिसमेत हुने बताइएको छ। 

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पछिल्लो समय काठमाडौंका केही पेट्रोलपम्पबाट खुला रूपमा बोत्तल, जर्किन लगायत भाँडोमा अति प्रज्ज्वलनशील पदार्थ बिक्री वितरण भएको भन्दै त्यसलाई तत्काल रोक्न पेट्रोलपम्प सञ्चालकलाई आग्रह गरेका छन्।

पेट्रोलपम्पबाट सिधैं सवारीसाधनमा भर्नेबाहेक खुलारूपमा बिक्री वितरण नगर्न, नगराउन सञ्चालकलाई सूचित गरिएको प्रहरीले जनाएको छ।

मंगललबार दिउँसो इलामका प्रेमप्रसाद आचार्यले काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका थिए। उक्त घटनापछि प्रहरीले पेट्रोलियम पदार्थ खुला रुपमा बेचबिखन नगर्न आग्रह गरेको हो। 

प्रकाशित : माघ ११,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA