जनमतलाई संघमा खानेपानी जस्तै मधेशमा कृषि मन्त्रालय दिइयो : - JC NEPAL MEDIA

माघ १२,२०७९ जेसी नेपाल संवाददाता

मधेस प्रदेश : जनमतलाई संघमा खानेपानी जस्तै मधेशमा कृषि मन्त्रालय दिएकाे छ ।

दलहरु बिच समाजिक विकास दिइने सहमती गरेको भएता पनि मुख्यमन्त्री सरोज कुमार यादव अचानक जनमतबाट बिना विभागिय मन्त्रीको सथप लिएका पार्टीका ई. वसन्त कुशवाहालाई भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

विहिवार बिदाको दिन मुख्यमन्त्री गृह जिल्ला तर्फ रहेका बेला उनको सिफारिसमा मधेश प्रदेश प्रमुखको कार्यालयका निम्ति कार्यालय प्रमुख सत्रुधन यादवले जारी गरेको बिज्ञप्तीमा जनमतका कुशवाहालाई कृषि, जसपाका संजय यादवलाई अर्थ र एमालेका सरोज कुमार यादवलाई भौतीक पुर्वाधार मन्त्रालयको जिम्मेवारी तोक्दै वाँकी मन्त्रालयहरु मुख्यमन्त्री आफनै जिम्मा तत्काल राखेको उल्लेख छ ।

बिना विभागिय मन्त्री कुशवाहालाई समाजिक विकास मन्त्री भन्दै समाजिक सञ्जालमा विगत दुई दिन देखि बधाई र शुभकामनाको लर्को आइरहेको थियो ।

तर एकाएक प्रदेश प्रमुख कार्यालयको विज्ञप्तीमा उनको मन्त्रालय खोसिएर कृषि बनाइएको छ ।

प्रकाशित : माघ १२,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA