रविलामिछानेलाई पार्टी सभापति बनाउन रास्वपाले बाेलायाेे बैठक - JC NEPAL MEDIA

माघ १५,२०७९ जेसी नेपाल संवाददाता 

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाउने भएको छ। आइतबार अपराह्न बस्ने गरी बैठक बोलाइएको हो। पार्टी प्रवक्ता मुकुल ढकालले केन्द्रीय समिति बैठक बोलाइएको बताए।

आजको बैठकमा पार्टी सभापतिमा पुन : लामिछानेलाई जिम्मेवारी दिनेबारेमा पनि छलफल हुनेछ। शुक्रबार नागरिकता मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएसँगै पार्टी सभापति पदसमेत गएको थियो। लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता लिइसकेका छन्।

लामिछानेले नागरिकता लिएसँगै पार्टी केन्द्रीय समिति बैठक बोलाइएको हो। यसअघि रास्वपाले उपसभापति डोलप्रसाद अर्याललाई कार्यबहाक सभापति बनाएको थियो। केन्द्रीय समितिबाट सभापतिमा पुन : लामिछानेलाई जिम्मेवारी दिने र त्यसको जानकारी अद्यावधिकका लागि निर्वाचन आयोगमा पठाउने तयारी रास्वपाको छ।

लामिछाने सांसद नरहेकोले संसदीय दल नेताकाको जिम्मेवारी भने श्रमन्त्रीसमेत रहेका अर्याललाई नै निरन्तरता दिने तयारी छ। संसदीय दल नेतामा पनि अर्याललाई तोक्ने निर्णय गत शुक्रबार नै भइसकेको थियो।

प्रकाशित : माघ १५,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA