धनुषा : पर्खाल फोडेर भागेका ६ जना थुनुवामध्ये एक जना पक्राउ - JC NEPAL MEDIA

माघ १६,२०७९ जेसी नेपाल संवाददाता 

जनकपुरधाम : गएराती प्रहरीको हिरासत तोडेर फरार भएका ६ जना थुनुवाहरुमध्ये एक जना पक्राउ परेको छ ।

धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट गएराती पर्खाल फोडेर भागेका ६ जना थुनुवामध्ये हातहतियार खरखजाना मुद्दाका २८ बर्षिय रोशन महतो आजै पक्राउ परेका हुन् ।

६ जना थुनुवा फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले व्यापक सर्च अपरेशन गरी साँझ ६ बजे महतोलाई पक्राउ गर्न सफल भएको हो ।

प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयको सँयुक्त टोलीले महतोलाई पक्राउ गरी पुनः ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याएको हो । बाँकीका ५ जना अझै फरार रहेका छन् ।

प्रकाशित : माघ १६,२०७९ ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एकै पटक ३० हजार कर्मचारी घर पठाइँदै : JCNEPALMEDIA

एआईजीहरु अवसरको पर्खाइमा, सरुवा रोकिँदा निराशा : JCNEPALMEDIA

धनुषा जनकनन्दिनी गापा अध्यक्ष यादवको पहलले खजुरी पर्साहा मैदानमा ठुलो बजेटकाे स्टेडियम बन्ने : JCNEPALMEDIA

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेलाई कारबाही हुने : JCNEPALMEDIA

सामाजिक सञ्जालमा नक्कली पेस्तोल प्रदर्शन गर्ने युवक पक्राउ : विराटनगर JCNEPALMEDIA

राष्ट्र बैंकको गभर्नर तथा डेपुटी गभर्नर बाहिरबाट ल्याउने तयारी : JCNEPALMEDIA